News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीका दुई बालबालिका मृत अबस्थामा भेटिए

सिखबर संवाददाता३० चैत्र, प्यूठान
९६७ पटक
३० चैत्र, प्यूठान

सरुमारानी गाउँपालिका वडा नं. १ बांगेशालमा दुई बालबालिका मृत अबस्थामा भेटिएका छन्। एकै घरका दुई बालबालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। स्थानिय मंगले धामीका पाँच बर्षिय छोरी सिर्जना धामी र दुई बर्षिय गौरव धामीको मृत्यु भएको हो। दुबै शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल बिजुवारको शवगृहमा राखिएको छ।
दुई बालबालिकाको आमा घरमै बस्दै आएको र बुवा बांगेशालमा काम गर्दै आईरहेको वडाअध्यक्ष मुकुन्दराज शर्माले बताउनुभयो। छिमेकिहरुको भनाईको आधारमा किम्बुको रुखमा चढेर किम्बु खाने,अण्डा ,मकैको रोटी सिन्की र भार खाएको फुड प्वाइजनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पोषणराज ढकालले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...