News Portal

रेडियो सुन्नुहोस्

लकडाउनको फाइदा उठाउने एम्बुलेन्स चालक प्रहरी फन्दामा

२४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन

दीपा घर्ती3 वैशाख
१३५४ पटक
3 वैशाख

 

बिरामी बोक्ने एम्बुलेन्सले यात्रुहरु बोकेर ल्याएको भेटिएपछि एम्बुलेन्स चालक सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला अस्पताल बिजुवारबाट बिरामी लिएर बुटवल गएको भूतपुर्व सैनिक संगठन प्यूठानद्धारा सञ्चालित लु १ च २१३६ नम्बरको एम्बुलेन्सले बुटवलबाट फर्केने क्रममा ४ जना यात्रु बोकेर फर्किएको अबस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचको क्रममा बाग्दुलामा फेला पारी नियन्त्रणमा लिएको हो। एम्बुलेन्स चालक नौबहिनी गाउँपालिका वडा नम्बर १ का नारायण सुनारलाई नियन्त्रणमाा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्कीले बताउनुभयो।
एम्बुलेन्स चालक प्यूठान नगरपालिका वडा नम्बर २ दाखाक्वाडीमा बस्दै आएका मौसम रोकामगर भएता पनि यात्रु राखेर अर्कै चालक नारायण सुनारले एम्बुलेन्स चलाएको अवस्थामा भेटिएको थियो । एम्बुलेन्स चालकले बुटवल प्रादेशिक अस्पतालको बिरामी पुर्जी बनाएका एक जना र अन्य उनी सँग असम्बन्धित फरक ठेगाना भएका अपरिचित ३ जना ब्यक्ति र आफु सहित ५ जनालाई राखेर आएको प्रहरीले जनाएको छ।
जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेर आउनु गलत भएको भन्दै चालक मौसम रोकामगरसंग लिखित स्पष्टीकरण मागेको छ।
समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले कोरोना संक्रमण जोखिम बढिरहेको बेला जिल्ला बाहिरबाट यात्रु बोकेर आउँदा कोरोना संक्रमित आएको हुन सक्ने भन्दै एम्बुलेन्समा सवार प्यूठान नगरपालिकाका १ जना, मल्लरानी गाउँपालिकाका १ जना र झिमरुक गाउँपालिकाका २ जना गरी ४ जनालाई उनीहरुको ठेगाना अनुसार सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ।
चालकले आफुले एम्बुलेन्स नचलाएर असम्बन्धित ब्यक्तिलाई चलाउन दिएको,बिरामी बोकेपछि अनिवार्य विल उपलब्ध गराउनुपर्नेमा विल पनि नदिएको र यात्रु लिएको कारण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन एम्बुलेन्स चालक मौसम रोकामगर र एम्बलेन्स सञ्चालक भूतपुर्व सैनिक संगठन जिल्ला कार्य समितिलाई निर्देशन दिएको सदस्य सचिव सुवेदीले बताउनुभयो। उहाँले जिल्ला प्रशासन कार्यालय प्यूठानको निर्देशनानुसार स्पष्टीकरण मागिएको जानकारी दिनुभयो।
एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा बिरामी बोक्ने एम्बुलेन्स बिरामी ओसारपसार बाहेक अन्य प्रयोजनमा प्रयोग भएमा र निर्देशिकाको उल्लंघन गरेको पाइएमा संस्थाको अनुमति पत्र समेत रद्द गर्न सक्ने ब्यवस्था रहेको छ। जिल्लामा हाल १६ वटा एम्बुलेन्स र एउटा शव बाहन सञ्चालनमा छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...