News Portal

रेडियो सुन्नुहोस्

प्रहरीलाई मास्क र सेनिटाइजर हस्तान्तरण

बोम बहादुर परियार १५ जेठ ,२०७७
१६८६ पटक
१५ जेठ ,२०७७

प्यूठान, जिल्लामा हजारौंको संख्यामा जिल्लाबासी भित्रिन थालेपछि यिनको ब्यवस्थापनमा प्रहरीलाई हम्मे हम्मे परेको छ।
प्यूठान नगरपालिकाको पहलमा मंगलबार राति नेपाल भारत सिमाना कपिलबस्तुको कृष्णनगर, बाँकेको नेपालगञ्ज लगाएतका नाकाबाट एकै लटमा एक सय पचास जनाको उद्धार गरियो।
उनीहरुको ब्यवस्थापनको लागि खेलकुद मैदानको क्वारेन्टाइनमा प्रहरीले नाम टिप्दै थियो। प्रहरीको मुखमा माक्स नै थिएन, भारतबाट आएका जिल्लाबासीको नजिकै गएर नाम टिप्ने काम प्रहरीले गरिरहेको थियो।
रातदिन जिल्लाबासीको सेवामा कार्यरत प्रहरीले मास्क पनि नलगाई खटिएको नजिकै पत्रकार गिरु प्रसाद भण्डारी पनि हुनुहुन्थ्यो। प्रहरीले गरेको दुःख नजिकबाट हेरिरहेका पत्रकार महासंघ प्यूठानका निवर्तमान अध्यक्ष भण्डारीले भन्नुभयो–“ रातदिन जिल्लाबासीको सेवामा खटिएको प्रहरीलाई राम्रो माक्स समेत नभएको देख्दा सवै भन्दा पहिले कोरोनाले प्रहरीलाई संक्रमण गर्न सक्छ भन्ने चिन्ता लाग्यो। चाहेर नचाहेर प्रहरी नजिकै जाँनै पर्छ कोहि भाग्न थाल्यो भने उसलाई पक्रन पर्यो उहाँले थप्नुभयो।
पत्रकार भण्डारीलाई प्रहरीले भोगेको समस्या मनमा खेलिरहेकाले जिल्लाका केहि मेडिकल संचालनलाई उहाँले प्रहरीलाई राम्रो माक्स र सेनिटाइजर सहयोग गर्न अनुरोध गरेको बताउनुहुन्छ। उहाँको आग्रहलाई सक्रिय फर्मा बिजुवारका संचालक नविन गौतम र सक्रिय प्याथोलोजिका बिनोद के.सीले सहजै स्वीकार गरि प्रहरीलाई पिपिई हस्तान्तरण गरिएको छ।
इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर चौधरीले २८ वटा सेनिटाइजर र २८ वटा ल् ९५ माक्स प्रदान गरिएको छ। प्रहरीको समस्या बुझेर सयोग गरेकोमा प्रहरी निरिक्षक चौधरीले धन्यबाद समेत दिनुभयो। इलाका प्रहरी कार्यालय बिजुवारमा प्रहरी निरिक्षकको चौधरीको नेतृत्वमा २८ जना प्रहरीहरु कार्यरत हुनुहुन्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...