News Portal

रेडियो सुन्नुहोस्

प्रहरीको निर्घात कुटपिटबाट युवकको हात बाँचियो

सिखबर संवाददाताजेठ १६, २०७७
१९२८ पटक
जेठ १६, २०७७

प्युठान ,क्वारेन्टिनमा खाना खुवाउने बिषयमा सामान्य विवाद हुँदा प्रहरीको निर्घात कुटाईबाट दुई युवक घाइते भएका छन्। 

मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडामा क्वारेन्टिनमा खाना खुवाउने बिषयमा सामान्य विवाद भएपछि वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्यको अगाडि स्थानिय दुई युवकलाई प्रहरीले निर्घात कुटपिट गरि हात भाँचिदिएको पिडितले बताउनु भयो। प्रहरीको कुटाईबाट स्थानिय ३० बर्षिय झविलाल खत्रीको दाँया हात भाँचिएको छ। उहाँको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भैरहेको छ। सोहि ठाउँ निवासी २० बर्षिय फन बहादुर खत्री गम्भिर घाइते हुनु भएको छ।

    जनकल्याण प्रा.वि चौथी लगाउने क्वारेन्टिनमा रहेका ब्यक्तिलाई खाना खुवाउने जिम्मा स्थानिय यक बहादुर खत्रीले लिएको र भात खुवाउँदा सवैलाई खाना नपुगी पुनः पकाउने भन्ने बिषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्र बहादुर सार्कीसंग सामान्य विवाद भएको हात भाँचिएर घाइते भएका झविलाल खत्रीले बताउनुभयो। घाइते भएका दुई जना मध्ये झविलाल खत्री खाना खुवाउने जिम्मा लिएका याक बहादुर खत्रीको भान्जा नाता पर्दछन भने फन बहादुर छोरा हुन्।

सामान्य विवादको बिषयलाई लिएर प्रहरी बोलाएर तिन जनाको मिलेमतोमा प्रहरीले आफुहरुको कुरा नसुनी निर्घात कुटपिट गरेको घाइते झविलाल खत्री बताउनुहुन्छ। मैले सधै तिमीहरुले जित्छौं र भन्दै घरतिर लागे प्रहरी सहित उनीहरु आएका रहेछन् असई सावले मलाई बढि कराउने भन्दै कुटपिट गर्न सुरु गर्नुभयो घाइते खत्रीले भन्नुभयो –“ मैले हात माथि उठाएर मेरा कुरा त सुन्नुस् भने तर उहाँहरुले लाठीले कुटेको कुटै गर्नुभयो।” राती उठेर पानी खान समेत सकिन शरिर भरी निल ठाम देखाउँदै खत्रीले भन्नुभयो–“हात र शरिर अति दुखेपछि अस्पताल आएको हुँ। गत बुधवार बेलुका कुटपिट गरेपनि हात अत्यन्तै दुखेपछि शुक्रबार मात्र अस्पताल आएको उहाँले बताउनुभयो।

जिल्ला अस्पताल बिजुवारमा उहाँको भाँचिएको दाँया हातको एक्सरे गरि अस्थायी प्लाष्टर गरिएको छ। उहाँको हात सुन्निएकोले एकहप्ता पछि राम्रोसंग प्लाष्टर गर्नुपर्ने डाक्टरले सुझाव दिएका छन्।

घटनाको बिषयमा वडा अध्यक्ष गिरीराज पौडेलले मदिरा सेवन गरि विवाद गरेकोले प्रहरीलाई आफुहरुले बोलाएको भन्दै क्वारेन्टिन स्थलमा कुनै कुटपिट नभएको बताउनुभयो। उहाँले क्वारेन्टिन स्थल अलि पर विवाद जस्तो भएको थियो पौडेलले भन्नुभयो –“ भाई कराउँदै घरतिर गएका थिए प्रहरीले उतै कुटे होला मैले देखिन।”

प्रहरी चौकी चुजाँठाटीका इन्चार्ज असई भिम बहादुर वलीले आफुले सम्झाई बुझाई मात्र गरेको बताउनुभयो। उहाँले हात कसरी भाँचियो मलाई थाहा छैन प्रहरी असई वलीले भन्नुभयो–“मैले कुटेको छैन्।”

मुस्कान सहितको सेवा दिनुपर्ने प्रहरीले निर्घात कुटपिट गरेर हात नै भाँचिदिएको बेला जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्कीले प्रहरीको बचाउ गर्दै छानविन समिति बनाएर घटनाको छानविन गर्ने बताउनुभयो। कुटपिट गरेर घाइते बनाउन नहुने स्वीकार गर्दै प्रमुख कार्कीले घटना के भएको हो त्यसको बिषयमा सत्यतथ्य वाहिर ल्याउने बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...