News Portal

रेडियो सुन्नुहोस्

क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमण पुष्टि

भानुभक्त आचार्य
९०१ पटक

८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले अनलाइनखबरसँग भने ‘घर गएको ४/५ दिनपछि आज (सोमबार) बल्ल संक्रमित भएको रिर्पाेट आयो ।

नगरपालिककाको क्वारेन्टिनमा २४२ जना थिए । उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा ९३ जनाको पोजेटिभ देखियो । उनलाई दुई वटा क्वारेन्टिनमा राखेर जेठ २८ गते स्वाब संकलन गरियो ।

तर रिर्पाेट आउन ढिलाइ भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिए । ‘त्यसपछि सुरक्षित रुपमा घर बस्नुस् भनेर पठाएका हौं’ उनले भने, ‘यसरी पठाएका मध्ये ५८ जनामा संक्रमण पुष्टि भएको खबर छ ।’

यसअघि कैलालीकै घोडाघोडी नगरपालिकाको क्वारेन्टिनमा बसेर घर गएका ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । ‘निर्धारित समय क्वारेन्टाइनमा बसेर घर पुगेपछि उनीहरुमा संक्रमण पुष्टि भयो । उनीहरु अहिले घरमै सुरक्षित छन्’ घोडाघोडीका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले भने ।

कैलालीमा बढ्यो संक्रमण

सोमबार कैलालीमा हाल सम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरिएको परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा संक्रमितको संख्या ३४१ पुगेको छ ।

-अनलाइनखवर वाट साभार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...