News Portal

रेडियो सुन्नुहोस्

दुई बर्षिय बालकलाई अस्पतालमा छाडेर आमा फरार , अस्पतालमा बालकको बिचल्ली

दीपा पौडेल११ भदौ २०७७
३३९० पटक
११ भदौ २०७७


प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानको अन्तरंग बिभागको बेड नं.२ मा एक दुई बर्षिय बालक अचेत अबस्थामा पल्टिरहेका छन्। हातमा सलाइ्र्रन झुण्डाईएको छ। क्याथेटरको माध्यमबाट पिसाव निकालिएको छ। न त उनलाई खाने थाहा छ , न त कुनै प्रतिक्रिया जनाउँछन। ४ दिन अगाडि अस्पताल लिएर आएकी आमा विहिबार बिहान २ बजे देखि सम्पर्क विहिन भएकी छन्।

माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी घर भएका २ बर्षिय थारुप थापामगर आर्थिक अभावका कारण अस्पतालको बेडमा अचेत अबस्थामा लडिरहेका छन्। जिल्ला अस्पताल प्युठानमा भर्ना भएका थापामगरलाई मेनिन्जाइटिस भएको उनको उपचारमा संलग्न एम.डि.जि.पि डा. सुनिल सुनारले बताए। गाउँघरमा यो समस्यालाई दिमागको ज्वरो समेत भनिने उनले बताए । ४ दिन अगाडि बालकको आमा तिला देवि थापा मगरले उनलाई अस्पताल लिएर आएकी थिईन।
जिल्ला अस्पताल बिजुवारले जिल्लामा उपचार सम्भव नहुने भनेपछि उनी बिहिबार राती २ बजे अस्पतालबाट निस्केको र अहिले सम्म सम्पर्कमा नआएको बालकको कुरुवा बसेकी दीदी लक्ष्मी थापामगरले बताईन। डाक्टरले बाहिर लैजान भन्नभयो आमा टेन्सनले एकछिनमा आउँछु भनेको अहिले सम्म आउनु भएको छैन लक्ष्मीले भनिन्—“ म संग एक रुपैयाँ पनि छैन।” अब भाईको उपचार कसरी गर्ने,आँखाबाट आँसु झार्दै उनले भाईलाई बचाउनको लागि सबैलाई आग्रह गरिन्।
दुई बर्षिय बालकको बुवाको निधन भएको ८ महिना भयो। घरमा बालकको आमा , २४ र ६ बर्षिय दाजुहरु , १८ र ९ बर्षिय दीदीहरु छन्। परिवारमा एक जनाले मात्र कमाउने दाई कोभिड १९ का कारण भारतमा अलपत्र परेका छन्। बुवा बितेको बेलामा लागेको ऋण अझै तिर्न नसकेको लक्ष्मीले बताईन्। गाउँमा पनि ऋण दिदैनन् बाहिर जान डाक्टरले भनेपछि टेन्सनले आमा भागेर गएको हुन सक्ने उनले बताईन्।

बालकको निकै पिडादायी अबस्था देखेपछि उपचारमा सलंग्न डा. सुनिल सुनारले बालकको उपचारमा आवश्यक परेका औषधीहरु आफैले किनेको बताउँछन्। खाना खाने पैसा समेत नभएपछि बालकको दीदीलाई अस्पतालबाट निःशुल्क खानाको ब्यवस्था गरिएको छ। बालकको अवस्था जटिल बन्दै गएको भन्दै तत्कालै उपचार गर्नुपर्ने डा. सुनारले बताए। बालकको अबस्था देखेर आफैले औषधी किनेर उपचार गरेका सुनारले आवश्यक परेमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएकोले जिल्ला बाहिर लैजानु पर्ने डा. सुनारले जानकारी दिए। सबैले सक्दो सहयोग गरेर उनको उपचारमा सघाउन उनले सबैलाई आग्रह गरे।

सिखवर अनलाइनका सम्पादक नाेमराज पाैडेलले जिल्ला अस्पत्ताल प्यूठानमा पुगेर यसवारेमा गर्नुभएकाे कुराकानी हेर्नुहाेस।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...