News Portal

रेडियो सुन्नुहोस्

दुई बर्षिय बालकलाई अस्पतालमा छाडेर आमा फरार , अस्पतालमा बालकको बिचल्ली

दीपा पौडेल११ भदौ २०७७
३६६९ पटक
११ भदौ २०७७


प्युठान, जिल्ला अस्पताल विजुवार प्युठानको अन्तरंग बिभागको बेड नं.२ मा एक दुई बर्षिय बालक अचेत अबस्थामा पल्टिरहेका छन्। हातमा सलाइ्र्रन झुण्डाईएको छ। क्याथेटरको माध्यमबाट पिसाव निकालिएको छ। न त उनलाई खाने थाहा छ , न त कुनै प्रतिक्रिया जनाउँछन। ४ दिन अगाडि अस्पताल लिएर आएकी आमा विहिबार बिहान २ बजे देखि सम्पर्क विहिन भएकी छन्।

माण्डवी गाउँपालिका वडा नं. १ तिराम थक्लेनी घर भएका २ बर्षिय थारुप थापामगर आर्थिक अभावका कारण अस्पतालको बेडमा अचेत अबस्थामा लडिरहेका छन्। जिल्ला अस्पताल प्युठानमा भर्ना भएका थापामगरलाई मेनिन्जाइटिस भएको उनको उपचारमा संलग्न एम.डि.जि.पि डा. सुनिल सुनारले बताए। गाउँघरमा यो समस्यालाई दिमागको ज्वरो समेत भनिने उनले बताए । ४ दिन अगाडि बालकको आमा तिला देवि थापा मगरले उनलाई अस्पताल लिएर आएकी थिईन।
जिल्ला अस्पताल बिजुवारले जिल्लामा उपचार सम्भव नहुने भनेपछि उनी बिहिबार राती २ बजे अस्पतालबाट निस्केको र अहिले सम्म सम्पर्कमा नआएको बालकको कुरुवा बसेकी दीदी लक्ष्मी थापामगरले बताईन। डाक्टरले बाहिर लैजान भन्नभयो आमा टेन्सनले एकछिनमा आउँछु भनेको अहिले सम्म आउनु भएको छैन लक्ष्मीले भनिन्—“ म संग एक रुपैयाँ पनि छैन।” अब भाईको उपचार कसरी गर्ने,आँखाबाट आँसु झार्दै उनले भाईलाई बचाउनको लागि सबैलाई आग्रह गरिन्।
दुई बर्षिय बालकको बुवाको निधन भएको ८ महिना भयो। घरमा बालकको आमा , २४ र ६ बर्षिय दाजुहरु , १८ र ९ बर्षिय दीदीहरु छन्। परिवारमा एक जनाले मात्र कमाउने दाई कोभिड १९ का कारण भारतमा अलपत्र परेका छन्। बुवा बितेको बेलामा लागेको ऋण अझै तिर्न नसकेको लक्ष्मीले बताईन्। गाउँमा पनि ऋण दिदैनन् बाहिर जान डाक्टरले भनेपछि टेन्सनले आमा भागेर गएको हुन सक्ने उनले बताईन्।

बालकको निकै पिडादायी अबस्था देखेपछि उपचारमा सलंग्न डा. सुनिल सुनारले बालकको उपचारमा आवश्यक परेका औषधीहरु आफैले किनेको बताउँछन्। खाना खाने पैसा समेत नभएपछि बालकको दीदीलाई अस्पतालबाट निःशुल्क खानाको ब्यवस्था गरिएको छ। बालकको अवस्था जटिल बन्दै गएको भन्दै तत्कालै उपचार गर्नुपर्ने डा. सुनारले बताए। बालकको अबस्था देखेर आफैले औषधी किनेर उपचार गरेका सुनारले आवश्यक परेमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएकोले जिल्ला बाहिर लैजानु पर्ने डा. सुनारले जानकारी दिए। सबैले सक्दो सहयोग गरेर उनको उपचारमा सघाउन उनले सबैलाई आग्रह गरे।

सिखवर अनलाइनका सम्पादक नाेमराज पाैडेलले जिल्ला अस्पत्ताल प्यूठानमा पुगेर यसवारेमा गर्नुभएकाे कुराकानी हेर्नुहाेस।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...