राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो ।
अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ।
प्यूठान स्थायि ठेगाना भएका नेता गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको क्रममा महत्वपुर्ण भुमिका निर्वाह गर्ने नेता अन्तरगतका प्रभावशालि नेता हुनुहुन्छ।