News Portal

रेडियो सुन्नुहोस्

नयाँ शक्तिद्धारा स्थानिय तहमा वैकल्पिक प्रमुख र ईन्चार्ज चयन

राम वहादुर विश्वकर्मा१ जेठ, २०७५
१८५८ पटक
१ जेठ, २०७५

शक्ति पार्टी, नेपाल जिल्ला समन्वय समिति प्यूठानको विस्तारित बैठक सम्पन्न भएको छ ।

मंगलबार प्यूठानको विजुवारमा सम्पन्न बैठकले जिल्लाका स्थानीय तहहरुमा पार्टी ईन्चार्ज तथा वैकल्पिक नगरपालिका तथा गाउँपालिका प्रमुखको चयन गरेको छ । बैठकले जेठ १५ भित्र जिल्ला अन्तर्गतका स्थानीय तहहरुको भेला सम्पन्न गर्ने र जेठ ३० गतेभित्र सदस्यता अध्यावधिक गर्ने कार्यतालिका तय गरेको छ ।

बैठकले प्रत्येक स्थानीय तहहरुमा पार्टी ईन्चार्ज चयन गरेको हो। जस अन्तर्गत प्यूठान र स्वर्गद्वारी नगरपालिका ईन्चार्जमा श्यामलाल गहतराज, गौमुखी गाउँपालिकाको ईन्चार्जमा देवेन्द्र पुरी, झिम्रुक गाउँपालिकामा चुमान सिंह पुन, नौबहिनी गाउँपालिकामा केशव केसी, ऐरावती गापामा शुसील गुरुङ, सरुमारानी गापामा केशव गुरुङ, माण्डवी गापामा गिरीराज अधिकारीलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी स्थानीय तहमा संचालन हुने विकास निर्माणका गतिविधिहरुको निगरानीका लागि वैकल्पिक नगर तथा गाउँपालिका प्रमुखसमेत तोकेको छ । जसअन्तर्गत प्यूठान नगरपालिकामा ऋषिराम भण्डारी र गौमुखी गाउँपालिका प्रमुखमा सोनु कुमार सुनारलार्ई जिम्मेवारी तोकेको छ ।

त्यसैगरी बैठकले केही विभागहरु पुनर्गठन गरेको छ । जसमा उत्पादन तथा स्वरोजगार विभागको प्रमुखमा हिमन्ता गुरुङ र दलित तथा अल्पसंख्यक विभाग प्रमुखमा सोनु कुमार सुनारलाई जिम्मेवारी प्रदान गरेको जिल्ला ईन्चार्ज जी एस् गुरुङले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका ईन्चार्ज नवराज सुवेदीले नयाँ शक्ति पार्टीले सत्तामा रहेका राजनीतिक दलहरुले चुनावमा गरेका बाचाविपरित आफ्नै सेवा सुविधा वृद्धि गर्ने र राज्य सत्तालाई दोहन गर्ने दिशातर्फ उन्मुख भइरहेकोले नयाँ शक्तिले त्यसको निगरानी गरी नागरिकलाई सुसुचित गर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुको पहिचान दलको दृष्टिकोण र विचारमा हुने भएकोले नयाँ शक्तिले स्पष्ट रुपमा समुन्नत समाजवादको विचार अंगिकार गरेर अघि बढेको बताउँदै नेपाली कांग्रेस पनि आन्तरिक भुमरीमा परेकाले देशमा वैकल्पिक राजनीतिक पार्टीको खाँचो रहेको र त्यसको पूर्ति गर्नका लागि नयाँ शक्ति उदाएको बताउनुभयो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का प्रवक्ता मनिकर कार्कीले पुराना पार्टीहरुले जनताको न्यूनतम् आवश्यकता पनि पूरा गर्न नसकेकाले अब बदलिएको राजनीतिक गन्तव्यसँगै नागरिकका आवश्यकता पूरा गर्ने देश विकास, समृद्धि र प्रगतिको लक्ष्य बोकेर नयाँ शक्ति पार्टी संगठन विस्तारमा अगाडि बढेको बताउनुभयो ।

उहाँले नयाँ शक्तिले अगाडि सारेको ‘५ स’को अवधारणमार्फत नै समाजको बदलिएको अन्तरविरोधको हल हुने र मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो । उहाँले शक्ति आर्जनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, विदेशमा बस्ने ६५ लाख नेपालीलाई मताधिकारको व्यवस्था, भ्रष्टाचार र अनियमितताको भण्डाफोर, सुशासन र सुसंस्कृति राजनीतिको प्रवद्र्धन, प्रगति र समृद्धिमुखी राजनीति नै नेपाली समाजको वैकल्पिक राजनीतिक एजेण्डा भएको बताउनुभयो ।

त्यसैगरी नयाँ शक्तिका प्रदेश ५ का वैकल्पिक सरकार प्रमुख कर्णध्वज केसीले नयाँ शक्ति पार्टीले स्थानीय तहमा भएका भ्रष्टाचार तथा आर्थिक अनियमितताको भण्डाभोर गरी आम नागरिकलाई सूचित र जागरुक बनाउन स्थानीय तहहरुमा वैकल्पिक प्रमुखको व्यवस्था नीति अवलम्बन गरेको बताउनुभयो ।

पार्टीकै प्रदेश ५ का उत्पादन तथा स्वरोजगार विभाग प्रमुख हरि रिजालले उद्यमशीलताको विकासले नै मुलुक समृद्ध हुने बताउँदै जबसम्म नेपाली पासपार्टको भ्यालु बढ्दैन, व्यक्तिगत तवरबाट हासिल गरिने समृद्धिले मुलुकको उन्नति नहुने बताउनुभयो । देशको हैसियत माथि नउठ्दासम्म व्यक्तिको हैसियत नउठ्ने बताउँदै नयाँ शक्ति सरकार बाहिर रहँदा पनि उत्पादनशील क्षेत्रमा आवद्ध हुने बताउनुभयो ।
जिल्ला संयोजक दामोदर गिरीको अध्यक्षता एवं ईन्चार्ज जि एस् गुरुङको संचालनमा सम्पन्न बैठकमा सहभागीहरुले रिपोर्टिङसहितको धारणा राख्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...