News Portal

रेडियो सुन्नुहोस्

पुनर्निर्माणका लागि एक अर्ब : मेलम्ची

भउचप्रसाद यादव२०७८ असोज ४ काठमाडौं
६१६ पटक
२०७८ असोज ४ काठमाडौं

बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिनुभयो ।

 

यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्ययोजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्ययोजना सरकारसमक्ष पेस गरेको थियो ।

 

सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता भएसँगै सम्बद्ध निकायहरूसँग छलफल गरी आयोजनाको काम अगाडि बढाउने तयारी भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । सकेसम्म यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । बर्खा सकिनेबित्तिकै आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने बताउँदै उहाँले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

 

उहाँले भन्नुभयो, “अहिले आयोजनाको मुहानसम्म पुग्ने वैकल्पिक सडक निर्माण भइरहेको छ । अबको एक महिनाभित्र सो सडक तयार हुनेछ । सो सडक तयार भएपछि आयोजना स्थलमा पुगेर काम अगाडि बढाउन सजिलो हुनेछ ।” आयोजनाको मुख्य सुरुङ पूर्ण रूपमा सुरक्षित रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको उहाँले दाबी गर्नुभयो ।

 

मेलम्चीको पानी काठमाडौँ ल्याउन तत्काल दुईवटा अस्थायी सुरुङ र हेडवक्र्सको मर्मत तथा पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । आयोजना स्थल पुग्न मुख्य प्रवेश मार्गमा तीनवटा र अम्बाथान क्षेत्रमा पाँचवटा पुल निर्माण गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “यसअघि जुन प्रणालीबाट पानी ल्याइएको थियो, सोही प्रणालीबाट पुनः पानी ल्याउन सकिन्छ तर त्यसका लागि सबैभन्दा पहिले अम्बाथानमा रहेको ‘अडिट टनेल’ र ‘डाइभर्सन टनेल’ सफा गर्नुपर्ने हुन्छ ।” अम्बाथानमा रहेको २९८ मिटर अस्थायी ‘डाइभर्सन टनेल’लाई सफा गर्नुपर्ने देखिएको छ । असार १ गते आएको बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो ।

 

 

 

गाेरखापत्र

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...