News Portal

रेडियो सुन्नुहोस्

पुनर्निर्माणका लागि एक अर्ब : मेलम्ची

भउचप्रसाद यादव२०७८ असोज ४ काठमाडौं
८५१ पटक
२०७८ असोज ४ काठमाडौं

बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिनुभयो ।

 

यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्ययोजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्ययोजना सरकारसमक्ष पेस गरेको थियो ।

 

सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता भएसँगै सम्बद्ध निकायहरूसँग छलफल गरी आयोजनाको काम अगाडि बढाउने तयारी भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । सकेसम्म यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । बर्खा सकिनेबित्तिकै आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने बताउँदै उहाँले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

 

उहाँले भन्नुभयो, “अहिले आयोजनाको मुहानसम्म पुग्ने वैकल्पिक सडक निर्माण भइरहेको छ । अबको एक महिनाभित्र सो सडक तयार हुनेछ । सो सडक तयार भएपछि आयोजना स्थलमा पुगेर काम अगाडि बढाउन सजिलो हुनेछ ।” आयोजनाको मुख्य सुरुङ पूर्ण रूपमा सुरक्षित रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको उहाँले दाबी गर्नुभयो ।

 

मेलम्चीको पानी काठमाडौँ ल्याउन तत्काल दुईवटा अस्थायी सुरुङ र हेडवक्र्सको मर्मत तथा पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । आयोजना स्थल पुग्न मुख्य प्रवेश मार्गमा तीनवटा र अम्बाथान क्षेत्रमा पाँचवटा पुल निर्माण गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “यसअघि जुन प्रणालीबाट पानी ल्याइएको थियो, सोही प्रणालीबाट पुनः पानी ल्याउन सकिन्छ तर त्यसका लागि सबैभन्दा पहिले अम्बाथानमा रहेको ‘अडिट टनेल’ र ‘डाइभर्सन टनेल’ सफा गर्नुपर्ने हुन्छ ।” अम्बाथानमा रहेको २९८ मिटर अस्थायी ‘डाइभर्सन टनेल’लाई सफा गर्नुपर्ने देखिएको छ । असार १ गते आएको बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो ।

 

 

 

गाेरखापत्र

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...