News Portal

रेडियो सुन्नुहोस्

भारतीय तस्करद्वारा गस्तीमा गएका सशस्त्र प्रहरीमाथि आक्रमण

भवानी भट्ट२०७८ आश्विन ५, कञ्चनपुर
८८० पटक
२०७८ आश्विन ५, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करले आक्रमण गरेका छन् । सोमबार राति भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको चिनी रोकेपछि तस्करहरुको समूहले गस्तीमा रहेका प्रहरीमाथि कुटपिट गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजमा रहेको बीओपीबाट गस्तीमा गएको टोलीले भारतबाट अवैध रुपमा भित्रिरहेको चिनी रोक्न खोज्दा तस्करले आक्रमण गरेका हुन् ।आक्रमणमा सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ । स्थानीयका अनुसार सुरक्षाकर्मीले चिनी रोकपछि तस्करहरु ६/७ जनाको समूहमा आएर कुटपिट गरेका थिए ।

झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणका एसपी वीरेन्द्र ऐरले तस्करहरुले गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेको बताए । सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरुलाई आवश्यक कारबाही गरिने भारतीय सुरक्षाकर्मीले प्रतिबद्धता जनाएको उनले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...