News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका तुल बहादुर इपिएलमा भैरहवाबाट छनोट : को हुन उनी ?

एलबी थापा/तेजन्द्र बि.एम.२०७८ असौज ६. प्यूठान
२२६५ पटक
२०७८ असौज ६. प्यूठान

प्यूठानका एक युवा क्रिकेटर तुल बहादुर थापा मगर चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्ट मार्फत छनोट भएका छन् । नौबहिनि गाउँपालिका ५ डामृ निवासी तुल बहादुर चाइनामेन स्पिनर हुन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका थिए ।

स्टार क्रिकेट एकेडेमीमा अभ्यास गर्ने गर्दै आएका उनले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दै छन् । गतवर्ष प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा उनले दाङबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरी प्रशंसा बटुलेका थिए । यो नै उनको क्रिकेटमा सिढि चढ्ने मौका बन्यो ।

भैरहवाले गत वर्ष कोरोना महामारी अघिनै मुख्य प्रशिक्षक पुबुदु दासानायिके नेपाल आएको समयमा ट्यालेन्ट हन्ट सम्पन्न हुँदा समेत उनी छनौट भएपनि कोरोनाका कारण गतवर्ष इपिएल खेल सञ्चालन नहुँदा आफनो क्षमता प्रदर्शन गर्न पाएनन् । अहिले पहिलो पटक यो लिगमा भाग लिन लागेका उनले अहिलेसम्म धेरै मेहनेत गरेकोले अब नतिजा देखाउने समय आएको झुलेनी नेटवर्कसँगको कुराकानीमा बताए ।

जिल्लाको दुर्गम गाउँमा जन्मेर पनि खेल क्षेत्रमा आफ्नै लगावका कारण यहाँसम्म आइपुगेको बताउँदै उनले आफू निकै उत्साहित रहेको जानकारी दिए । ‘टिम सबैले मलाई विश्वास गर्नु भएको छ, आफूलाई पनि प्रमाणित गर्ने मौकानै यहि हो ।’ उनले भने, ‘नेपाली अन्य घरेलु क्रिकेट खेल्ने बाटो बनाउन यहाँ मैले राम्रो गर्नुपर्ने हुन्छ ।’

भैरहवा ग्ल्याडियटर्सको टोली :

शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया) ।

को हुन तुल बहादुर थापा मगर

जिल्लाको दुर्गम गाउँ डामृका उनि बुबा खड्क बहादुर र आमा जैकलाको पहिलो सन्तान हुन् । सामान्य परिवारमा जन्मेका उनि सानैदेखि खेल क्षेत्रमा रुचि राख्थे । गाउँमा क्रिकेट खेल्ने उचित ठाउँ त थिएन तर भलिवल खेल्ने गर्दथे । भौगोलिक बिकटताका कारण भलिवल खेल्न पनि खेलमैदानको अभाव थियो ।

गाउँमा पढ्दा पढ्दै उनी आफ्नो माइलो काका सोम बहादुर (सुभान) सँग भारतको चण्डिगढ गए । त्यहाँ उनले ८ कक्षा सम्म पढे । भारतमा रहँदा उनको नेपाली क्रिकेटर सोमपाल कामीसँग पनि भेट हुन्थ्यो । त्यो बेला उनलाई क्रिकेटको भुत चढिसकेको थियो । ‘चण्डिगढ स्कुल पढ्दा स्कुल लेवलदेखि डिस्ट्रिक लेवलसम्म अन्डर १४ मुनिका सबै गेम खेले’, उनले भने, ‘नेपालमा २०१४ मा वल्र्डकप गेम सञ्चालन भएको थाहा पाएपछि नेपाल फर्के ।’ उनी नेपालमा त फर्किय तर खेल क्षेत्रमा केही देखाउनका लागि प्युठानमा संभव थिएन । क्रिकेटमा भोक जागिसकेका उनी उचित ठाउको खोजिमा थिए ।

तर उनि कपिलवस्तुको चन्द्रौटामा बस्ने साइला काका गुमानसिंह सँग बस्न थाले । त्यहि फाट्टफुट्ट प्रतियोगितामा भाग लिदै अभ्यास गर्दथे उनले । त्यसपछि उनी दाङका केशव झाक्रिसँगको सम्पर्कमा पुगे । त्यसपछि उनको रुचि पुरा गर्ने ठाउँ यहि हुने संभावना बोकेर दाङमै कडा मेहनेत गर्न थाले । सन्जु क्षेत्रिसंगको संगत संगै दाङ रहँदा महत्वपुर्ण सहयोग पुर्याउने शुसानसिंह थापा र बिराज भण्डारिको सम्झिरहने नाम हो उनको लागि ।

त्यसपछि भालुवाङ भएको प्रतियोगितामा उनले उत्कृष्ठ खेल प्रदर्शन गरी चर्चा कमाए । बायाँ हातले बलिङ गर्ने उनी कडा सट प्रहार गर्ने खेलाडीमा गनिन थाले । त्यसपछि इन्टर स्कुल नेशनल गेम खेल्न काठमाण्डौ पुगे । त्यहाँ पनि बायाँ हातको उत्कृष्ठ प्रदर्शनले थप चिनाउन मौका मिल्यो उनलाइ ।

त्यसपश्चात नेपालका थुप्रै ठाउँका क्लवहरूले उनलाई आ-आफ्नो क्लवमा आउनका लागि निम्तो दिन थाले । तर तुल बहादुरले भैरहवा ग्ल्याडियटर्सलाइ आफ्नो रोजाइ पारेर त्यहिँ अभ्यास गर्न थाले । यहाँ रहँदा उनले शक्ति गौचन, कुशल मल्ल, शुसान्त भारि र शरद भेषवाकर लगायतलाइ सबैभन्दा बढि सम्झिन्छन् ।

सुरुमा भैरहवा पुग्दा आफूलाई उहाहरूले रिजल्टको चाँडो आश नगर्न सुझाएको भरखर जस्तै लाग्छ । तर अहिले भने भेषवाकरको कप्तानीमा अबको इपिएल खेल्दैछन् । ‘यहाँसम्म आइपुगेर खेल खेल्न पाउनु आफ्नो लागि सपना जस्तै लागेको छ’, उनले भने, ‘नेपालका लागि खेल क्षेत्रबाट केहिँ देखाउने मौका मिलेको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...