News Portal

रेडियो सुन्नुहोस्

डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ : गण्डकी

युवराज श्रेष्ठ२०७८ असोज २५ पाेखरा
७९४ पटक
२०७८ असोज २५ पाेखरा

गण्डकी प्रदेशका सांसद डोवाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साँझ ५ बजे मन्त्रीको सपथ ग्रहणका लागि बोलाएको सांसद डोवाटेले बताए। यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको थियो। मुख्यमन्त्री पोखरेलले मन्त्रीको सपथ लिन बोलाए पनि सपथ ग्रहणमा भने डोवाटेको ठाउँमा व्यवसायी सांसद विन्दुकुमार थापालाई सपथ खुवाइएको थियो।

दलित सांसदलाई सपथ ग्रहण समारोहमा बोलाएर नाम काट्ने र व्यवसायीलाई मन्त्री नियुक्त गरेको भन्दै त्यतिबेला गठबन्धन सरकारको आलोचना भएको थियो। सांसद डोवाटेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको मुख्यमन्त्री पोखरेलले बताए।उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे निर्णय भइनसकेको उनले बताए।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आइतबार डोवाटेले भेटेका थिए।

भेटघाटमा प्रधानमन्त्रीसमक्ष डोवाटेले सभापतिको आशीर्वादको आशा राख्छु भनेका थिए। जवाफमा सभापति देउवाले मेरो आशीर्वाद रहिरहन्छ भनेको डोवाटेले जानकारी दिए। देउवाकै निर्देशनमा डोवाटेलाई मन्त्री बनाउन लागेको एक सांसदले बताए।

मुख्यमन्त्री पोखरेलनिकट स्रोतले भने यसअघि नै डोवाटेलाई मन्त्री बनाउने तयारी भएको जनाएको छ। अघिल्लो साता काठमाडौं पुगेर मुख्यमन्त्री पोखरेलले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेर डोवाटेलाई मन्त्री बनाउने निर्णय गरेको जनाएको छ।

 

सेताेपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...