News Portal

रेडियो सुन्नुहोस्

शुक्रबार नेपाल बारले सर्वोच्चका सबै इजलास बहिष्कार गर्ने

झुलेनी नेटवर्क२०७८ कात्तिक २५, काठमाडौं
७७३ पटक
२०७८ कात्तिक २५, काठमाडौं

नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै बेन्च बहिष्कार गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै जारी आन्दोलनमा प्रहरीले वकिलहरूमाथि लाठीचार्ज गरी घाइते बनाएपछि बारले यस्तो निर्णय गरेको हो।

उसो त सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बन्दीबाहेकका मुद्दामा इजलास बसिरहेका छैनन्। राणाले मात्र आफ्नो एकल इजलास तोक्दै सुनुवाइ गरिरहेका छन्।

बारले भने बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलास समेत बहिष्कार गर्ने महासचिव लिलामणि पौडेलले जानकारी दिए।

’हामीले गरेको शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको छ। हामीले अब भोलि सर्वोच्चका सबै इजलास बहिष्कार गर्ने भएका छौं,’ उनले भने, ’बन्दीप्रत्यक्षीकरणका मुद्दा परेका इजलास समेत बहिष्कार गर्ने कुरा भएको छ।’

नेपाल बारको बैठक बसिरहेकाले केही समयमा थप निर्णय आउने पनि उनले बताए।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बार एघार दिनदेखि आन्दोलनमा छ। वकिलहरूले नेपाल बारको परिसर र सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएका छन्।

सेतोपाटी संवाददाता

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...