News Portal

रेडियो सुन्नुहोस्

शुक्रबार नेपाल बारले सर्वोच्चका सबै इजलास बहिष्कार गर्ने

झुलेनी नेटवर्क२०७८ कात्तिक २५, काठमाडौं
५९० पटक
२०७८ कात्तिक २५, काठमाडौं

नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै बेन्च बहिष्कार गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै जारी आन्दोलनमा प्रहरीले वकिलहरूमाथि लाठीचार्ज गरी घाइते बनाएपछि बारले यस्तो निर्णय गरेको हो।

उसो त सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बन्दीबाहेकका मुद्दामा इजलास बसिरहेका छैनन्। राणाले मात्र आफ्नो एकल इजलास तोक्दै सुनुवाइ गरिरहेका छन्।

बारले भने बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलास समेत बहिष्कार गर्ने महासचिव लिलामणि पौडेलले जानकारी दिए।

’हामीले गरेको शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको छ। हामीले अब भोलि सर्वोच्चका सबै इजलास बहिष्कार गर्ने भएका छौं,’ उनले भने, ’बन्दीप्रत्यक्षीकरणका मुद्दा परेका इजलास समेत बहिष्कार गर्ने कुरा भएको छ।’

नेपाल बारको बैठक बसिरहेकाले केही समयमा थप निर्णय आउने पनि उनले बताए।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बार एघार दिनदेखि आन्दोलनमा छ। वकिलहरूले नेपाल बारको परिसर र सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएका छन्।

सेतोपाटी संवाददाता

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...