News Portal

रेडियो सुन्नुहोस्

विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा प्रहरी जवान पक्राउ

झुलेनी नेटवर्क२०७८ मंसिर १९ काठमाडौं,
६८३ पटक
२०७८ मंसिर १९ काठमाडौं,

सुन तस्करी गर्न सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका राजेन्द्र केसी पक्राउ परेका हुन्।

गत शुक्रबार दुबईबाट आएका ताप्लेजुङका दुर्गाधन लिम्बूले ५० ग्राम सुन ल्याएको र सो सुनको भन्सार छल्न प्रहरी जवान केसीले सघाएको आरोप लागेको हो। भन्सार प्रशासक भट्टराईका अनुसार उनले ५० ग्राम सुन ल्याएबापत ४८ हजार ६५ रुपैयाँ भन्सार तिर्नुपर्छ। तर सो छली गरी ल्याएको आरोप लागेपछि प्रहरीले छानबिन गरी उनीहरू दुबैलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको हो।

’अभियान चालेको पहिलो दिनमै प्रहरी जवानले बाहिरबाट आउने व्यक्तिसँग मिलेमतो गरेर भन्सार नतिरी सुन ल्याएको भन्ने सूचना आयो,’ भट्टराईले भने, ’सूचना पाएपछि प्रहरीले सिसिटिभी फुटेज सबै अनुसन्धान ग¥यो।’

त्यसमा भन्सार छल्न सघाएको देखिएपछि आफूले नियन्त्रणमा लिन र त्यस्तो व्यक्तिहरूलाई कुनै छुट नहुने भन्दै थप अनुसन्धानको लागि कार्यालयमा पेश भएको उनले बताए। अहिले उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। यद्यपि उनीहरूले ल्याएको सुन परीक्षण गर्न ल्याबमा राखिएको प्रहरीले जनाएको छ।

’यसरी गैरकानुनी किसिमले कसैले भन्सार छल्छ भने मैले आफ्नै कर्मचारी किन नहोस् कसैलाई छोडिँदैन,’ उनले भने। भन्सार ऐन अनुसार विदेशबाट ५० ग्राम सम्मका गहना ल्याउन छुट दिइएको छ। २५० ग्राम सम्मका गहना ल्याउन पाइन्छ भने २०० ग्रामको भने भन्सार तिर्नुपर्छ।

त्यस्तै, काँचो सुन भने १०० ग्राम सम्म मात्रै ल्याउन पाइन्छ। तर काँचो सुनको हकमा जति १ ग्राम देखि १०० ग्रामसम्म जति ल्याए पनि भन्सार तिर्नुपर्ने कार्यालयले जनाएको छ।

 

सेतोपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...