News Portal

रेडियो सुन्नुहोस्

कांग्रेसका थप पाँच सहमहामन्त्रीमध्ये मुस्लिम, मधेसी र खसआर्यको मतगणना सुरू

झुलेनी नेटवर्ककाठमाडौं, पुस २
८२६ पटक
काठमाडौं, पुस २

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि आज मतगणना सुरू हुन लागेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मुस्लिम, मधेसी र खसआर्य सुरू भएको हो। थारू र पिछडिएको क्षेत्रको केही बेरमा सुरू हुँदैछ।

क्लस्टरअनुसार फरक–फरक ठाउँमा मतगणना सुरू भएको छ।

कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको छ। अबेर राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी÷जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् भने उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन्।

अब खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुन लागेको हो।

खस आर्यको सहमहामन्त्रीमा देउवा प्यानलबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन्। थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छ। उमाकान्त देउवा समूहका हुन् भने तेजुलाल कोइराला प्यानलका हुन्।

मुस्लिमतर्फ देउवा समूहबाट फर्मुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन्।

पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र चेतनाथ बराल उम्मेदवार छन्। शाही देउवा समूहका हुन् भने पाण्डेले कोइराला र बरालले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

मधेसीतर्फ देउवा समूहका महेन्द्र यादव, कोइराला समूहका रञ्जित कर्ण र निधि प्यानलबाट रामकृष्ण यादव उम्मेदवार छन्।

सेतोपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...