News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी नेपाल प्युठानको अधिवेशन सम्पन्न : संगठनको नेतृत्व गिरिले पाए

झुलेनी नेटवर्क २०७८ पुस २२
१४५५ पटक
२०७८ पुस २२

प्रेस चौतारी नेपाल प्युठानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार होटल आयुष्मा जुम्री प्युठानमा सम्पन्न सातौं अधिवेशनले बासुदेव गिरिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा महेश थापा (आभास) र शिवा रेग्मी, सचिवमा दिल बहादुर दशौदी, सह-सचिवमा नोमराज पौडेल शर्मा र सृजना सेन र कोषाध्यक्षमा बोम बहादुर परियार चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सीता न्यौपाने, हेमन्त पाठक, तेजेन्द्र बुढा मगर, माया घर्ति मगर चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा कमल बि. क., रबिन्द्र पाण्डे, प्यार अलि खान, माया घर्ती मगर, सृजना सेन र कृष्णराज पाण्डे चयन भएका छन भने केन्द्रिय प्रतिनिधिमा सुजल श्रेष्ठ, मित्र थापा र शिवा रेग्मी चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमाले पोलिट्व्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले आगामी संघीय निर्वाचनमा प्रेस चौतारीको नयाँ कार्यसमितिले पार्टीको पक्षमा व्यापक प्रचारप्रसार गरि यो संगठनलाई जिल्लामा बलियो खम्बाको रूपमा स्थापित गर्नेछ भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थाई कमिटी सदस्य मणिचन्द्र थापाले सञ्चार क्षेत्रमा प्रेस चौतारी नेपालले खेलेको भुमिका अत्यन्तै सराहनीय भएको भन्दै संचारकर्मी आफैले लगानी गरि मिडिया संचालन गर्न नसकेको र उनिहरुलाई सहज रुपले काम गर्ने वातावरण मिलाउन राजनैतिक दल र संचारकर्मीहरु बिच सहकार्य हुन जरुरी भएको बताएका छन् । साथै जिल्लामा सक्रिय चौतारीका पत्रकारहरुलाई आफू र सिङ्गो पार्टीको तर्फबाट सदैव सहयोग हुने प्रतिबद्धता जाहेर गरेका थिए ।
यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत के.सी.ले संगठनलाई विधि पद्धतिमा लैजान नयाँ कार्यसमितिले महत्वपूर्ण भुमिका खेलोस भन्ने शुभकामना दिदै प्रेस चौतारीले कोभिड-१९ के बेला लिएको प्रस्ताव र स्वास्थ्य बिमामा खेलेको भुमिका अरु कुनै संगठनले नगरेको बताएका छन् । गठबन्धनबाट नेतृत्व लिएको महासंघ आफैमा अहिले विवादित बन्दै गएकोले यसलाई चुनौती दिन प्रेस चौतारीले महत्त्वपूर्ण भुमिका खेल्ने समेत बताएका छन् ।
चौतारी प्युठानका संयोजक नोमराज पौडेलले संगठनको प्रतिवेदन पेस गर्दै नयाँ बन्ने कार्यसमितिले जिल्ला पार्टीको कुनैपनी कार्यक्रम र तथ्यमा आधारित भावी कार्ययोजनालाई व्यापक प्रचारप्रसार गरोस् भन्दै शुभकामना दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...