News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी नेपाल प्युठानको अधिवेशन सम्पन्न : संगठनको नेतृत्व गिरिले पाए

झुलेनी नेटवर्क २०७८ पुस २२
१४४१ पटक
२०७८ पुस २२

प्रेस चौतारी नेपाल प्युठानको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार होटल आयुष्मा जुम्री प्युठानमा सम्पन्न सातौं अधिवेशनले बासुदेव गिरिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा महेश थापा (आभास) र शिवा रेग्मी, सचिवमा दिल बहादुर दशौदी, सह-सचिवमा नोमराज पौडेल शर्मा र सृजना सेन र कोषाध्यक्षमा बोम बहादुर परियार चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सीता न्यौपाने, हेमन्त पाठक, तेजेन्द्र बुढा मगर, माया घर्ति मगर चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा कमल बि. क., रबिन्द्र पाण्डे, प्यार अलि खान, माया घर्ती मगर, सृजना सेन र कृष्णराज पाण्डे चयन भएका छन भने केन्द्रिय प्रतिनिधिमा सुजल श्रेष्ठ, मित्र थापा र शिवा रेग्मी चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमाले पोलिट्व्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले आगामी संघीय निर्वाचनमा प्रेस चौतारीको नयाँ कार्यसमितिले पार्टीको पक्षमा व्यापक प्रचारप्रसार गरि यो संगठनलाई जिल्लामा बलियो खम्बाको रूपमा स्थापित गर्नेछ भन्दै शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थाई कमिटी सदस्य मणिचन्द्र थापाले सञ्चार क्षेत्रमा प्रेस चौतारी नेपालले खेलेको भुमिका अत्यन्तै सराहनीय भएको भन्दै संचारकर्मी आफैले लगानी गरि मिडिया संचालन गर्न नसकेको र उनिहरुलाई सहज रुपले काम गर्ने वातावरण मिलाउन राजनैतिक दल र संचारकर्मीहरु बिच सहकार्य हुन जरुरी भएको बताएका छन् । साथै जिल्लामा सक्रिय चौतारीका पत्रकारहरुलाई आफू र सिङ्गो पार्टीको तर्फबाट सदैव सहयोग हुने प्रतिबद्धता जाहेर गरेका थिए ।
यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत के.सी.ले संगठनलाई विधि पद्धतिमा लैजान नयाँ कार्यसमितिले महत्वपूर्ण भुमिका खेलोस भन्ने शुभकामना दिदै प्रेस चौतारीले कोभिड-१९ के बेला लिएको प्रस्ताव र स्वास्थ्य बिमामा खेलेको भुमिका अरु कुनै संगठनले नगरेको बताएका छन् । गठबन्धनबाट नेतृत्व लिएको महासंघ आफैमा अहिले विवादित बन्दै गएकोले यसलाई चुनौती दिन प्रेस चौतारीले महत्त्वपूर्ण भुमिका खेल्ने समेत बताएका छन् ।
चौतारी प्युठानका संयोजक नोमराज पौडेलले संगठनको प्रतिवेदन पेस गर्दै नयाँ बन्ने कार्यसमितिले जिल्ला पार्टीको कुनैपनी कार्यक्रम र तथ्यमा आधारित भावी कार्ययोजनालाई व्यापक प्रचारप्रसार गरोस् भन्दै शुभकामना दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...