कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को डम्बर चौराहबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षीय रोकी भन्ने राहुल रानामगर र १८ वर्षीय किरोज भन्ने मुस्कान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार उनीहरूको साथबाट चार ग्राम ८५० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ भने दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराहका प्रेम बडुवालको घरबाट उनीहरूले चोरी गरेको म २ प ५०८१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।
onlinekhabar