News Portal

रेडियो सुन्नुहोस्

प्रदेश स्तरीय हाप्किडो रेफ्री सेमिनार प्युठानमा

तेजेन्द्र बि.एम.२०७८ माघ २९
१४९७ पटक
२०७८ माघ २९

जिल्लामा लुम्विनी प्रदेश स्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार सुरु भएको छ । शनिबार जिल्ला खेलकुद विकास समितिको कभर्डहल पुण्यखोला प्यूठानमा कार्यक्रमको उद्घाटन गरिएको छ ।

नेपाल मार्सल आर्ट्स हाप्किडो संघ प्युठानको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको सहकार्यमा ३ दिवसीय प्रशिक्षक तथा रेफ्री सेमिनार हुने भएको हो । शनिबार देखि फागुनको २ गतेसम्म कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।

फागुन १९, २० र २१ गते प्युठानको माण्डवी गाउँपालिकामा हुने लुम्बिनी प्रदेश स्तरीय हाप्किडो च्याम्पियन सिपलाई लक्षित गरि प्रशिक्षक तथा रेफ्री सेमिनारको आयोजना गरिएको आयोजकले जनाएको छ ।

माघ २९ गते पहिलो दिन उद्घाटनका क्रममा विभिन्न खेलका डेमोहरु प्रदर्शन गरिएको छ । सेमिनारमा फागुन १ र २ गते नेपाल मार्सल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसियायी हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर, संघका केन्द्रिय सहायक प्रमुख प्रशिक्षक तथा लुम्बिनी प्रदेश सचीव भुवन बुढा मगर र संघका केन्द्रिय सहायक प्रमुखको प्रशिक्षक प्रविण गुरुङले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

प्रदेश स्तरिय सेमिनारमा लुम्विनी प्रदेशका १२ जिल्लाका विभिन्न डोजाङका प्रशिक्षक र खेलाडीहरुको सहभागिता रहनेछ । हाल प्युठान जिल्लाभरका स्कूलका २७ डोजाङमा नियमित हाप्किडोको प्रशिक्षणमा १ हजार २ सय जना सहभागी भईरहेको हाप्किडो संघ प्यूठानले जनाएको छ ।

कार्यक्रममा पमुख अतिथीको रुपमा रहेका प्यूठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपतीले बिगतमा आफुपनी खेल क्षेत्रमा रहेको स्मरण गर्दै खेल र शिक्षा क्षेत्रलाई सङ्गै अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरले खेल क्षेत्रको विकाससँगै प्रशिक्षकहरुमा टिमवर्क, जवाफदेहिता, आत्मविश्वास, आत्मअनुशासन, आत्मनिर्भर, जिम्मेवारी, जीवनको हरेक चुनौतीको सामना गर्न शिक्षामा जागरण ल्याउन हाप्किडो आवस्यक रहेको बताए ।

’प्रशिक्षकहरूको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गर्न, नेतृत्व क्षमताको विकासका लागि, सकारात्मक सोचको विकास गर्न, नैतिक प्रणाली र सामाजिक सम्बन्ध रूपान्तरण गर्ने लक्ष्यसहित अनुशासित, सक्षम र दक्ष खेलाडीहरु उत्पादन गर्न यो सेमिनारले महत्त्वपूणर् भुमिका खेल्नेछ,’ उनले भने । स्थानीय निकाय देखि केन्द्रिय स्तरबाट संघलाई गुणात्मक सहयोग रहन जरुरी भएको समेत उनले बताएका छन् ।

कार्यक्रममा सहभागी नेकपा एमाले प्यूठानका अध्यक्षा बिजयविराज विष्ट र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले उर्जावान खेलाडी निर्माणका लागि पार्टी र संघले जुनसुकै कार्य गर्न तयार रहेको बताएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...