News Portal

रेडियो सुन्नुहोस्

प्युठानी आइडल सिजन–२ को उपाधि सरस्वती घर्तिलाई

झुलेनी पोष्ट
२२१८ पटक

प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् ।

डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले १ सय ३० जना प्रतियोगिलाई पछि पार्दै १५ जनासंग फाइनल प्रतिस्पर्धा गरेकी थिइन् । प्रतियोगिता मार्फत नगद ५० हजार सहित सर्ट मुभी खेल्न पाउने भएकी छन् ।

प्रतियोगितामा प्युठान सारंग बेसीकी शोभा मगर दोस्रो भएका छन् । उनले नगद २५ हजार र म्युजिक भिडियो समेत खेल्न पाउने भएका छन् । त्यस्तै प्युठान नगरपालिका–५, ढुंगेठाठिका अर्जुन भण्डारी तेस्रो भएका छन् । उनले नगद १५ हजार र म्युजिक भिडियो खेल्न पाउने आयोजकले जनाएको छ ।

‘‘नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान’’ भन्ने मुल नाराको साथमा लुम्बिनी प्रदेश अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर–८ सातमारामा कार्यक्रम गरिएको थियो । फाइनल चरणको प्रतियोगितामा निर्णायकको रुपमा अनुप बुढा, दिपेश चौधरी, सुस्मिता ब्रोमेल रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रम्ख अतिथि रुकेश आलेले सबै जित मात्र सफलता नभए पनि हार एउटा सिक्ने अबसर भएकोले आगामी दिनमा यो स्थानसम्म आइपुगेको सफलताले ठुलो सहयोग पुग्ने बताएका छन् । ‘प्युठान जिल्लाको प्रत्येक बस्तीमा लुकेर रहेका प्रतिभाहरुलाई यहाँसम्म ल्याउनु पनि ठुलो उपलब्धि हो,’ उनले भने ।

डि टु कला केन्द्रका अध्यक्ष राज थापाको अध्यक्षता तथा अर्घाखाँची शीत गंगा नगरपालिका वडा नं.–८ का वडा अध्यक्ष रुकेश आले मगरको प्रमुख अतिथ्यता रहेको थियो । अस्थायी प्रहरी चौकी सातमारा अर्घाखाँचीका प्रहरी इन्चार्ज सुर्य पन्थीको विशेष आतिथ्यता र ग्यालेक्सी फोर के का दाङ सम्वाददाता शिवराज खनाल, सिधा–पत्र डटकमका संचालक मेगमन बुढा को आतिथ्यता रहेको थियो ।

प्रतियोगिता प्युठानको विभिन्न ठाउँमा अडिसन संचालन भएर सम्पन्न भएको थियो । फाइनल चरण छनौटका लागि जनता माध्यमिक विद्यालय बडडाँडा, भवानीश्वरी बासिक विद्यालय जसपुर, अम्मर माध्यमिक विद्यालय भिङ्ग्री, कालिका माध्यमिक विद्यालय जुम्री, महेन्द्र माध्यमिक विद्यालय सारङबेसी गरि ५ वटा विद्यालयमा भएको थियो ।

कार्यक्रममा लोक दोहोरी गायक कृष्ण रेउले लगायत अन्य प्युठानी कलाकारको सहभागी रहेको थियो भने कार्यक्रमको संचालन डि टु कला केन्द्रका डाइरेक्टर दिपक बर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...