News Portal

रेडियो सुन्नुहोस्

सुस्तायो सरसफाई अभियान

सरोकारवाला भन्छन्ः सरसफाईमा पनि स्थानिय सरकारले लगानि गर्नुपर्छ

राम बहादुर बि क प्युठान
१६२८ पटक
प्युठान

आनिवानि परिवर्तन तथा सरसफाई अभियान सुस्ताएकोप्रति जिल्लास्थित सरोकारवाला संस्थाका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन्।
५ वर्षअघि जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता कार्यन्वयन नभएको भन्दै उनिहरुले सरसफाईप्रति स्थानिय सरकारले ध्यान दिनुपर्ने वताए।
उनिहरुले बजेट सडकमा मात्र नभई सरसफाईमा पनि खर्च गर्नुपर्ने सुझाव समेत दिएका छ्न।

२०६९ चैत्र १६ गते पुर्ण खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिए पनि कागजमा मात्र सिमित भएको भन्दै दुरदराज मात्र नभई सहरी क्षेत्रमा पनि सरसफाईको अवस्था उस्तै रहेकोमा आपत्ति समेत जनाइएको छ।
नेपाल पत्रकार महासघको ६३ औं स्थापना दिबशको अबसरमा जिल्ला खानेपानी तथा स्व्च्छता समन्वय समितिको आयोजना ,फुलबारी ग्रामीण बिकास केन्द्र ,पहल र सुआहाराको सहकार्य र नेपाल पत्रकार महासघ प्युठानको समन्वयमा संचालित अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन।
‌बिगतका दिनमा सरसफाईका कार्यक्रम गरिएपनि स्थानीय सरचनाको बिकास सगै अभियानले गति लिन सकेको छैन। अझै पनि सर्वसाधारणले विभिन्न समस्या भोग्नुपरेको जनाउदै जनताको सेवा र सहयोगमा हातेमालो गरि अगाडी बढ्नुपर्ने नेपाल पत्रकार महासघका प्युठानका अध्यक्ष महाबिर रानाले बताए । त्यस्तै घोषणाको समयमा सरोकारवाला निकायको सक्रिय रहेपनि अहिले यस्तो नपाईएको महासंघका निबर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीको धारणा छ ।
‌सरसफाईको कार्यक्रमलाई निरन्तर अगाडी बढाउन लागि सहभागीले हस्ताक्षर समेत गरेका छन।
‌स्थापना दिबशको अबसर पारी प्युठान अस्पतालमा रहेका बिरामीलाई फलफुल समेत बितरण गरिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...