News Portal

रेडियो सुन्नुहोस्

सुस्तायो सरसफाई अभियान

सरोकारवाला भन्छन्ः सरसफाईमा पनि स्थानिय सरकारले लगानि गर्नुपर्छ

राम बहादुर बि क प्युठान
१६१० पटक
प्युठान

आनिवानि परिवर्तन तथा सरसफाई अभियान सुस्ताएकोप्रति जिल्लास्थित सरोकारवाला संस्थाका प्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन्।
५ वर्षअघि जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता कार्यन्वयन नभएको भन्दै उनिहरुले सरसफाईप्रति स्थानिय सरकारले ध्यान दिनुपर्ने वताए।
उनिहरुले बजेट सडकमा मात्र नभई सरसफाईमा पनि खर्च गर्नुपर्ने सुझाव समेत दिएका छ्न।

२०६९ चैत्र १६ गते पुर्ण खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिए पनि कागजमा मात्र सिमित भएको भन्दै दुरदराज मात्र नभई सहरी क्षेत्रमा पनि सरसफाईको अवस्था उस्तै रहेकोमा आपत्ति समेत जनाइएको छ।
नेपाल पत्रकार महासघको ६३ औं स्थापना दिबशको अबसरमा जिल्ला खानेपानी तथा स्व्च्छता समन्वय समितिको आयोजना ,फुलबारी ग्रामीण बिकास केन्द्र ,पहल र सुआहाराको सहकार्य र नेपाल पत्रकार महासघ प्युठानको समन्वयमा संचालित अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन।
‌बिगतका दिनमा सरसफाईका कार्यक्रम गरिएपनि स्थानीय सरचनाको बिकास सगै अभियानले गति लिन सकेको छैन। अझै पनि सर्वसाधारणले विभिन्न समस्या भोग्नुपरेको जनाउदै जनताको सेवा र सहयोगमा हातेमालो गरि अगाडी बढ्नुपर्ने नेपाल पत्रकार महासघका प्युठानका अध्यक्ष महाबिर रानाले बताए । त्यस्तै घोषणाको समयमा सरोकारवाला निकायको सक्रिय रहेपनि अहिले यस्तो नपाईएको महासंघका निबर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीको धारणा छ ।
‌सरसफाईको कार्यक्रमलाई निरन्तर अगाडी बढाउन लागि सहभागीले हस्ताक्षर समेत गरेका छन।
‌स्थापना दिबशको अबसर पारी प्युठान अस्पतालमा रहेका बिरामीलाई फलफुल समेत बितरण गरिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...