News Portal

रेडियो सुन्नुहोस्

वित्तिय संस्थाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाेम बहादुर परियार २०७९ असार २२, प्यूठान
६७७ पटक
२०७९ असार २२, प्यूठान

सिभिल लघुबित्त वित्तिय संस्था लालमटिया दाङले मंगलबार दाङको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो १० औँ वार्षिक उत्सवको अवसर पारी राप्ती गाउँपालिका ९ स्थित भद्राक्षी प्रा.वि. धापखोला देवीकोटमा अध्ययनरत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई ३० हजार रकम बराबरको शैक्षिक सामाग्री वितरण गरेको संस्थाका प्रमुख कृष्ण अधिकारीले बताए । दाङको विकट ठाउँमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सुधारमा टेवा पुर्याउने उदेश्यले सामाग्री वितरण गरेको प्रमुखले बताए ।

राप्ती गाउँपलिकामा विभिन्न सरकारी विद्यालय हुँदाहुँदै पनि दुर्गम ठाउँको विद्यालयलाई छनोटमा पारी शैक्षिक सामाग्री दिएको भन्दै ९ नं. का वडाध्यक्ष रिम बहादुर सुनारी मगरले संस्थालाई धन्यवाद समेत दिएका थिए ।

२०६९ सालमा २ वटा शाखाद्वारा आफ्नो वित्तिय कारोबार सुरु गरेको संस्थाले हाल अधिराज्यभर ७५ वटा शाखाबाट ७० हजार सदस्यलाई वित्तिय पहुँचमा ल्याएको छ । संस्थाले विपन्न निम्न आय भएका गरिब परिवारलाई लघु व्यवसाय सञ्चालन गर्न गुणस्तरिय सेवा पुर्याउने लक्ष्य लिएको अधिकारीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...