News Portal

रेडियो सुन्नुहोस्

वित्तिय संस्थाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाेम बहादुर परियार २०७९ असार २२, प्यूठान
८४२ पटक
२०७९ असार २२, प्यूठान

सिभिल लघुबित्त वित्तिय संस्था लालमटिया दाङले मंगलबार दाङको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो १० औँ वार्षिक उत्सवको अवसर पारी राप्ती गाउँपालिका ९ स्थित भद्राक्षी प्रा.वि. धापखोला देवीकोटमा अध्ययनरत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई ३० हजार रकम बराबरको शैक्षिक सामाग्री वितरण गरेको संस्थाका प्रमुख कृष्ण अधिकारीले बताए । दाङको विकट ठाउँमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सुधारमा टेवा पुर्याउने उदेश्यले सामाग्री वितरण गरेको प्रमुखले बताए ।

राप्ती गाउँपलिकामा विभिन्न सरकारी विद्यालय हुँदाहुँदै पनि दुर्गम ठाउँको विद्यालयलाई छनोटमा पारी शैक्षिक सामाग्री दिएको भन्दै ९ नं. का वडाध्यक्ष रिम बहादुर सुनारी मगरले संस्थालाई धन्यवाद समेत दिएका थिए ।

२०६९ सालमा २ वटा शाखाद्वारा आफ्नो वित्तिय कारोबार सुरु गरेको संस्थाले हाल अधिराज्यभर ७५ वटा शाखाबाट ७० हजार सदस्यलाई वित्तिय पहुँचमा ल्याएको छ । संस्थाले विपन्न निम्न आय भएका गरिब परिवारलाई लघु व्यवसाय सञ्चालन गर्न गुणस्तरिय सेवा पुर्याउने लक्ष्य लिएको अधिकारीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...