News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी पत्रकार संगठनमा निर्वाचित कार्यसमितिले दियो यस्तो काउण्टर (विज्ञप्तिसहित)

सिखबर संवाददाताप्यूठान,श्रावण ०७ स्वर्गद्वारी
७२१ पटक
प्यूठान,श्रावण ०७ स्वर्गद्वारी

नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष गर्ने घोषणा गरेको छ ।
बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले नेपालको सामाजिक रुपान्तरणकारी आन्दोलनमा जनस्तरबाट उठ्ने सबैखाले आन्दोलनमा आफ्नो ऐक्यवद्धता जनाउँने बताएको छ।
लामो समयदेखि चल्दै आएको परिवर्तनकारी आन्दोलनको प्रक्रिया पूरा नभएको भन्दै संगठनले विगतमा भएका कतिपय आन्दोलनबाट केही सकारात्मक परिवर्तन भए पनि पछिल्लो समयमा ती उपलब्धीहरु पनि गुम्ने खतरा बढ्दै गएको बताएको छ ।
सरकारले लागु गरेको मुलुकी ऐनप्रति आपत्ति
यसै क्रममा यही भदौ १ गते सरकारले लागु गरेको मुलुकी ऐनले नेपाली प्रेस र आम जनताको अधिकारलाई पूरै कुन्ठित पारेको बताएको छ । संगठनले खासगरी धारा २९३ देखि धारा ३०७ सम्मका प्राबधानहरुले नेपाली प्रेसको घाँटी रेट्ने काम गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ- “यसले खोज पत्रकारिताको हत्या गरेको छ । साथै सामान्य नागरिकको दैनिकीमाथि नै कठोर कानुन लादेर सरकारले निरंकुश चरित्र देखाएको छ । यसप्रति हाम्रो संगठन घोर आपत्ती व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने गरी ल्याइएका ती प्रावधानहरु खारेज गर्न माग गर्दछ ।”
संगठनले सरकारले कानुन मार्फत हरण गर्न खोजिएका जनअधिकार र स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भई संघर्षमा उत्रन आम श्रमजीवी पत्रकार, अधिकारकर्मी तथा स्वतन्त्रताका पक्षधर सबैमा आह्वान गरेको छ ।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य
संगठनले प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप आफ्नो संगठनलाई स्वीकार्य नभएको बताएको छ। संगठनले श्रमजीवीका अधिकार आन्दोलनबाट मात्र रक्षा हुने बताउदै विगतबाट नेपाली प्रेसले व्यहोर्दै आएको अन्यायका विरुद्ध लड्न सबैमा आव्हान गरेको छ ।
“लोकतान्त्रिक भन्ने सरकारले पछिल्लो चरण स्थानीय स्तरमा जनतामाथि थोपरेको चर्को कर र केन्द्रमा मुलुकी ऐनका नयाँ संस्करणहरु ल्याएर घोर निरंकुशता थोपरेको यो सन्दर्भमा फेरि पनि सबै श्रमजीवीले नयाँ आन्दोलनको आवश्यकता महशुस गरेका छन् ।” विज्ञप्तिमा भनिएको छ – “श्रमजीवीका हितमा हाम्रो संगठन कुनै पनि खालको संघर्ष गर्न प्रतिवद्ध छ ।”
सहिद कृष्ण सेन इच्छुकको असल उत्तराधिकारीका रुपमा रहेको आफ्नो संगठन विगतमा कठोर दुःख, कष्ट र पीडा सहँदै सामाजिक रुपान्तरणको आन्दोलनमा प्रतिबद्ध रहँदै यहाँसम्म आइपुगेको उक्त संगठनले बताएको छ ।
नेतृत्व चयन भएको भन्ने हल्ला निराधार
यस्तै संगठनले केही व्यक्तिहरुले संगठनको बैठक बसेर पदाधिकारी चयन भएको भन्दै गरिएको हल्ला निराधार भएको बताएको छ । “गत बैशाख १५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य उद्घाटन गरी १६ र १७ गते नगर कोटमा बन्दशत्र गरिएको सर्वविदितै छ ।” विज्ञप्तिमा भनिएको छ- “सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाममात्र पारित गरी बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयन गर्ने गरी बन्दशत्र सम्पन्न गरेका थियौ ।”
अगाडी भनिएको छ- “त्यसपछि आन्तरिक र बाह्य परिस्थितिको अप्ठारोका कारण अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । यसैक्रममा केही मान्छेहरुले केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीको चयन गरिएको भन्दै आफैले आफैलाई पदाधिकारी घोषणा गर्ने र समाचार लेखाउने तथा सामाजिक सञ्जालमा बधाई दिन लगाउने अत्यन्तै निच हर्कत गरिरहेका छन् । यी कुनै पनि हल्ला सत्य नभएको र यस्ता निराधार हल्लामा विश्वास नगर्न हामी सबैमा अनुरोध गर्दछौ ।”
संगठनले बन्द कोठाबाट कुत्षित मनसायले गरिने यस्ता हल्लाका पछि नलाग्न अनुरोध गर्दै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर नगरकोट सम्मेलनको बाँकी प्रक्रियालाई पूरा गरी संगठनको नियमित काम कार्यमा अघि बढ्ने जानकारी दिएको छ ।
आफ्नो संगठन बलिदान र कठोर दुःख कष्टको पृष्ठभूमीसहित यहाँसम्म आएको हो र उच्च नैतिक मुल्यका साथ अघि बढिरहेको उक्त संगठनले जनाएको छ । तर, संशयपूर्ण भूमिका भएका र खराब आचरण भएका केही पात्रहरु अमुक नेतालाई प्रभावमा पारेर जवरजस्त आफूलाई नेता घोषित गराउन लागेकोले यस्ता कार्य नगर्न समेत क्रान्तिकारी पत्रकार संगठनले आग्रह गरेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...