News Portal

रेडियो सुन्नुहोस्

विभिन्न ११ बुदे मागपत्र सहित संयुक्त ट्रेड युनियन सञ्जालले जिल्लामा आन्दोलन सुरु गर्याे

झुलेनी पोष्ट२०७९ भदौ ६, प्यूठान
१२३७ पटक
२०७९ भदौ ६, प्यूठान

संयुक्त ट्रेड युनियन सञ्जालले प्यूठान सहित देशभर विभिन्न ११ बुदे मागपत्र सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको छ ।
संयुक्त ट्रेड युनियन सञ्जाल अन्तर्गतका संगठनहरुले कर्मचारीमैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय प्यूठानको गेटमा विभिन्न माग सहितको कालो ब्यानर टासेर आन्दोलन गरेका छन् ।

देशव्यापी आन्दोलन अन्तर्गत जिल्लाका विभिन्न निजामती कर्मचारी संगठनका कर्मचारीहरुले पनि आजदेखी भदौ १७ गते सम्म सरकारी कार्यालयको गेटमा मागहरुको ब्यानर टास्ने र हातमा कालोपट्टी बाधेर कामकाज अघि बढाउने गरि आन्दोलन सुरु गरेको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती प्यूठानका अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

आज बिहान १० बजेदेखि सुरू भएको आन्दोलन साझ ५ बजेसम्म जारी रहेको थियो ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन,नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन,माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन (निजामती),एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन र जसपा निकट नेपाल निजामती कर्मचारीले संयुक्त ट्रेड युनियन सन्जालको ब्यानरमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।

मागहरुको (ब्यानर) पढ्नुहोस् ।

 

 

 

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...