सडक डिभिजन कार्यालय प्यूठानले जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानलाई सडक सुरक्षा ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । कार्यालयले बिहिबार ट्राफीक बटन ५ थान, ट्राफीक क्यान ५ थान लागायत सामाग्री प्रदान गरेको सडक डिभिजन कार्यालय प्यूठानका...बाँकी
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, बनाउनको लागि सबै सरोकारवाला निकायहरुले निर्वाचन आचारसंहिता पालना गर्न पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । निर्वाचन शान्त,मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आचार संहितको पालना गर्न मुख्य...बाँकी
लायन्स क्लव प्यूठानले ऐरावती गाउँपालिका ५ धुवाङका पहिरो पिडितलाई राहत प्रदान गरेको । पीडित स्थानीय २५ घरपरिवार लाई चामल, दाल, नुन, तेल, कम्मल प्रदान गरेको लायन्स क्लव प्यूठानका सचीब नविनकुमार श्रेष्ठले जानकारी दिए । आइतबार...बाँकी
घर माथीबाट पहिरो आएर प्यूठान नगरपालिका ४ ढाडमग्रामा तीन घर पुरीएको छ । आज शनिबार(बिहान)भर्खरै घर माथिबाट एक्कासी आएको पहिरोले स्थानीय पदम सुबेदी, टीका केसी र फुर्सी गमालको घर पुरिएको स्थानीय लक्ष्मण सुबेदीले जानकारी दिए...बाँकी
अविरल वर्षापछि आएको पहिरोले हिजोदेखि रोकिएको भालुबाङ-प्यूठान सडक अझै सुचारु भएको छैन । माण्डबी र सरुमारानी गाउँपालिकाको सीमाक्षेत्र सिमलचौर देखि बड्डाँडासम्मको सडकमा विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएको छ । कुडुले, सिमलचौर, बड्डाँडा ओरालो...बाँकी
प्यूठानको माण्डबी गाउँपालिका ४ खरिन्डेमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन । चार दिन देखि अविरलरुपमा परेको बर्षाका कारण शुक्रबार (आजं) दिउँसो आएको पहिरोले स्थानीय भिमबहादुर राहुमगरको घर पुरीदा ६ जना...बाँकी
प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय, प्रदेश र स्थानीय तहरुले पदमार्ग निर्माणमा बजेट बिनियोजन गरेर सक्रियता नदेखाउदा पदमार्ग अलपत्र परेको हो । जिल्लामा पहिलो पटक पर्यटकीय...बाँकी
प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । गएराती करिब ११ बजे उतीसको रुखमा रहेको अरिङगालको गोलो पोल्नेक्रममा गांैमुखी ५ सुन्दरमेलाका ३५ वर्षीय कृष्णबहादुर...बाँकी
प्यूठान नगरपालिका ४ बिजुवारमा बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६ का डा बुवास जिसी र डा प्रकाश जिसी दुइभाइ िमलेर बुमाआमाको नाममा पोलिक्लिनिक सञ्चालनमा ल्याएका हुन् । क्लिनीकको बुधबार बिहान...बाँकी
प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइँदै छ । प्यूठानका विभिन्न स्थानमा विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै...बाँकी
नौबहिनी गाउँपालिकाको आयोजना र झुलेनी युनाइटेड नेटवर्कको सहजीकरणमा बिहिबार नौबहिनी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले पालिकाले प्रदान गर्ने सेवाबारे...बाँकी
प्यूठानको माण्डबी गाउँपाकिला २ ढिकावनको विद्यालयमा वडाध्यक्षले ताला लगाएका छन् । यहाँको गणेश प्रा वि ढिकावनको बँैठक कक्ष र प्र अ विमला खनालले प्रयोग गर्ने दराजमा वडाध्यक्ष प्रकास वलीले मंगलबार ताला लगाएको विद्यालय व्यवस्थापन समितिका...बाँकी