News Portal

रेडियो सुन्नुहोस्

हाप्किडो संघ प्यूठानको अध्यक्षमा के.सी चयन

जिल्लाका खेलाडीहरुलाई सँगै लगेर अगाडी वढ्ने के.सीको भनाई

झुलेनि नेटवर्क२०७८ कार्तिक २७
१९७७ पटक
२०७८ कार्तिक २७

मार्सल आर्टस हाप्किडो संघ जिल्ला समिति प्यूठानको अध्यक्षमा टेकराज के.सी चयन भएका छन् ।
आज शुक्रवार बसेको जिल्ला समितिको वैठकले वरिष्ठ उपाध्यक्षसमेत रहेका के.सीलाई सर्वसम्भत चयन गरेको हो । गत कात्तिक २५ गते अध्यक्ष मुक्ति पोख्रेलले आफ्नो व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका थिए । यस्तै वैठकले उपाध्यक्षमा प्रचण्ड खड्का र खलजित बुढामगर चयन भएका छन् ।
जिल्लाका हाप्किडो खेलाडीहरुलाई सँगै लिएर अगाडी वढ्ने अध्यक्ष के.सीले बताए । पद ग्रहण गर्दै के.सीले आत्मरक्षाका लागि हाप्किडो आवश्यक रहेकाले प्रत्येक स्थानिय तह, प्रत्येक विद्यालयमा सो खेल सञ्चालन गरिने बताए । ‘पछिल्लो समय वढेको महिला हिंसालाई कम गर्न हाप्किडो आवश्यक हुन्छ ।’ उनले भने, ‘महिलालाई प्राथमिकतामा राखेर खेल सञ्चालन गर्ने लक्ष्य लिएका छौँ ।’
असोज महिनामा हुने भनिएको प्रथम अध्यक्षकप लुम्विनि प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप पुस अन्तिमसम्म सञ्चालन गरिने के.सीले बताए । के.सी जिल्लामा मुख्य प्रशिक्षकको रुपमा पनि कार्यरत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...