News Portal

रेडियो सुन्नुहोस्

सरुमारानिमा खेलकुद र सांस्कृतिक कार्यक्रमका साथ मगर दिवस मनाइयो

तेजेन्द्र बि. एम.२०७८ फागुन १५
२१०५ पटक
२०७८ फागुन १५

सरुमारानी गाउँपालिकामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि ४० औं मगर एकता दिवस कार्यक्रम मनाईएको छ । नेपाल मगर संघ मगर दिवस आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चिन्ता सोमै मगरले जानकारी दिएका छन् । फागुन १४ गते भलिबल प्रतियोगिताको आायोजना संगै आज फागुन १५ गते औपचारिक र्‍याली तथा मञ्च कार्यक्रम गरि दिवस मनाईएको हो । साथै मगर दिवसको अवसरमा गाउँपालिकामा सार्वजनिक विदा समेत दिइएको थियो ।
खुल्ला भलिबल प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीयलाई ५, ३ र २ हजार पुरस्कार समेत राखिएको थियो । फागुन १५ मगर दिवसको अवसरमा गायिका सुनिता बुढा मगर लगायतका अन्य स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।
मगर समुदायको भाषा, कला, भेषभुषा र संस्कृतिसंगै लोपोन्मुख स्रोत साधनको संरक्षणका लागि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको हो । कोभिडका कारणले भेला तथा मञ्च कार्यक्रम पुर्ण रुपमा गर्न नसकिएकोले यस वर्ष पनि निरन्तरता दिने गरि कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष मिना सोमै मगरले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले मगर समुदायको बाहुल्यता भएको पालिकामा जातिय पहिचान जोगाउनका लागि आफ्नो तर्फबाट सदैव सहयोग रहिरहने बताएका छन् । गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भने आयोजक समितिका सचिव किसान सारु मगरले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...