News Portal

रेडियो सुन्नुहोस्

गाउँमै बाटो पुगेपछि स्थानीय खुसी

बिबश घर्ति मगर०७ पौष ०७९
५२६ पटक
०७ पौष ०७९

सरुमारानी गाउँपालिका ४ शिरखर्कमा मोटर बाटो पुगेको छ । गत बर्षदेखी सुरु भएकोे मोटर बाटो यो आर्थिक बर्षमा गाउँमै पुगेको सरुमारानी गाउँपालिका ४ नं वडा अध्यक्ष चिन्त बहादुर सोमै मगरले जानकारी दिए । पहिलो आर्थिक बर्षको रु एक लाख ५० हजार र यो आर्थिक बर्षको रु दुई लाख गरि जम्मा कुल लागत तीन लाख ५० हजारमा मोटर बाटो पुगेको हो । १६ घरधुरीमा १५० जना जनसंख्या भएको गाउँमा मोटर बाटो पुगेपछि त्यहाँका स्थानिय खुसी भएका छन् । बाटो आएसँगै अव यहाँ उत्पादन हुने गहत, मह, अदुवा लगायतका सामानहरु बजारसम्म पु¥याउन सजिलो हुने र बाजरबाट चाहिने सामानहरु घरसम्म बोकेर ल्याउनु पर्ने बाध्यता पनि नरहेको स्थानियले बताएका छन् ।

१६ घरधुरी भएको त्यो गाउँमा पहिलो आर्थिक बर्षमा नै ‘ एक घर एक धारा ’ बनिसकेको पनि अध्यक्ष मगरले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले पालिकाले चाल्नुपर्ने कदमहरु जनताको लागि सधै आफु तत्पर नै रहने बताएका हुन् । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बिश्वकर्माले ससाना श्रोत साधनबाट नै बाटो पुगेको बताए । बाटोका लागि कच्ची नाली बनाउदा ४७ हजारको जनश्रमदान भएको उपभोक्ता समितिका अध्यक्ष नम बहादुर सोमै मगरले जानकारी दिए । त्यस्तै वडा अध्यक्ष मगरले बाटोका समिति अध्यक्ष लगाय सम्पुर्ण उपभोक्ताहरुलाई योजना सफल पार्नमा सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...