News Portal

रेडियो सुन्नुहोस्

गाउँमै बाटो पुगेपछि स्थानीय खुसी

बिबश घर्ति मगर०७ पौष ०७९
६६५ पटक
०७ पौष ०७९

सरुमारानी गाउँपालिका ४ शिरखर्कमा मोटर बाटो पुगेको छ । गत बर्षदेखी सुरु भएकोे मोटर बाटो यो आर्थिक बर्षमा गाउँमै पुगेको सरुमारानी गाउँपालिका ४ नं वडा अध्यक्ष चिन्त बहादुर सोमै मगरले जानकारी दिए । पहिलो आर्थिक बर्षको रु एक लाख ५० हजार र यो आर्थिक बर्षको रु दुई लाख गरि जम्मा कुल लागत तीन लाख ५० हजारमा मोटर बाटो पुगेको हो । १६ घरधुरीमा १५० जना जनसंख्या भएको गाउँमा मोटर बाटो पुगेपछि त्यहाँका स्थानिय खुसी भएका छन् । बाटो आएसँगै अव यहाँ उत्पादन हुने गहत, मह, अदुवा लगायतका सामानहरु बजारसम्म पु¥याउन सजिलो हुने र बाजरबाट चाहिने सामानहरु घरसम्म बोकेर ल्याउनु पर्ने बाध्यता पनि नरहेको स्थानियले बताएका छन् ।

१६ घरधुरी भएको त्यो गाउँमा पहिलो आर्थिक बर्षमा नै ‘ एक घर एक धारा ’ बनिसकेको पनि अध्यक्ष मगरले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले पालिकाले चाल्नुपर्ने कदमहरु जनताको लागि सधै आफु तत्पर नै रहने बताएका हुन् । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष बिश्वकर्माले ससाना श्रोत साधनबाट नै बाटो पुगेको बताए । बाटोका लागि कच्ची नाली बनाउदा ४७ हजारको जनश्रमदान भएको उपभोक्ता समितिका अध्यक्ष नम बहादुर सोमै मगरले जानकारी दिए । त्यस्तै वडा अध्यक्ष मगरले बाटोका समिति अध्यक्ष लगाय सम्पुर्ण उपभोक्ताहरुलाई योजना सफल पार्नमा सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...