News Portal

रेडियो सुन्नुहोस्

रनिङ शिल्डको आज दोस्रो दिन

बिबश घर्ति मगर१५ पुष २०७९
५२० पटक
१५ पुष २०७९

प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको आज दोस्रो दिन बिभिन्न बिधामा खेल भएको छ । आज भएको खेलमा १५ सय दौडमा छात्रा तर्फ मुक्ति मा.वि रातामाटा प्रथम, जनता मा.वि बाग्दुला द्धितीय र भुवनेश्वर मा.वि खैरा तृतीय भएको छ भने छात्र तर्फ बालविद्या मा.वि मजुवा मरन्ठाना प्रथम, जनता मा.वि बाग्दुला द्धितीय र लम्च्याङ मा.वि तृतीय भएको छ । त्यस्तै ८ सय मिटरको दौडमा छात्रा तर्फ जनता मा.वि बाग्दुला प्रथम, बालविद्या मा.वि मजुवा मरन्ठाना द्धितीय, भुवनेश्वर मा.वि खैरा तृतीय भए सँगै छात्रमा जनता मा.वि बाग्दुला प्रथम, मुक्ति मा.वि रातामाटा द्धितीय, अनि क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय भएको हो ।
लङ्गजम्पमा छात्रा तर्फ क्षेत्रबिकास मा.वि पुण्यखोला प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, जनता मा.वि बाग्दुला तृतीय तथा छात्रमा पब्लिक बोर्डिङ प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, मुक्ति मा.वि रातामाटा तृतीय भएको छ । हार्ईजम्प तर्फ छात्रामा जनता मा.वि बाग्दुला प्रथम, जानकी मा.वि चितिखोला र मुक्ति मा.वि रातामाटा द्धितीय, तथा भुवनेश्वर मा.वि खैरा तृतीय भएको हो भने छात्र तर्फ क्षेत्रबिकास मा.वि पुण्यखोला प्रथम, भुवनेश्वर मा.वि खैरा द्धितीय, बालविद्या मा.वि मजुवा मरन्ठाना तृतीय भयो ।
त्रिपलजम्प छात्रामा भुवनेश्वर मा.वि खैरा प्रथम, बालविद्या मा.वि मजुवा मरन्ठाना तथा मुक्ति मा.वि रातामाटा द्धितीय र जनता मा.वि बाग्दुला तृतीय भयो भने छात्र तर्फ भुवनेश्वर मा.वि खैरा प्रथम, जनता मा.वि बाग्दुला द्धितीय, क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय भएको हो । त्यस्तै कवड्डिमा क्षेत्रबिकास मा.वि पुण्यखोला तृतीय हुँदा जनता मा.वि बाग्दुला र मुक्ति मा.बि रातामाटा यी दुई खेल फाइनलमा भोलि प्रतिस्पर्धा गर्दै छ भने भलिबल तर्फ जनता मा.वि बास्कोट तृतीय भयो भने अन्तिम फाइनलमा भोलि जनता मा.वि बाग्दुला र मुक्ति मा.बि रातामाटा बिच खेल हुने भएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...