News Portal

रेडियो सुन्नुहोस्

कर्मचारी बिच मैत्रीपूण फुटबल खेलमा गौमुखी गाउँपालिका बिजयी, सरुमारानी गाउँपालिका उपविजेता

बिबश जि एम०८ माघ २०७९
६२६ पटक
०८ माघ २०७९

प्यूठानमा भएको कर्मचारीविच मैत्रिपुर्ण फुटबल प्रतियोगितामा गौमुखी गाउँपालिका विजयी भएको छ । आइतबार भएको फाइनल खेलमा गौमुखी गाउँपालिकाले २.० गोलले सरुमारानी गाउँपालिकालाई पराजित गर्दै बिजयी भएको हो ।

खेलको ३९ औ मिनेटमा १ गोल गर्दै गौमुखीले आफुलाई अब्बल बनायो । ६६ औ मिनेटको पेनाल्टीको मौकामा फेरी गौमुखीले १ गोल जोड्दै अग्रता कायम नै उसको जित भयो । बिजेटा टिमले रु ३० हजार मेडल, कप र प्रमाणपत्र, उपबिजेताले २० हजार मेडल, कप र प्रमाणपत्र पाएका छन् भने सेमिफाइनलमा पुगेका नौबहिनी गाउँपालिका र प्यूठान नगरपालिकाले पनि ५ हजार र प्रमाणपत्र पाएका हुन् ।

प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रीक खेलकुद मैदान बिजुवारमा शनिबार देखी सुरु भएको फुटबल प्रतियोगिता आइतबार सकिएको छ । प्यूठान नगरपालिकाको आयोजनामा सुरु भएकोे प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्वर्गद्वारी नगरपालिका बाहेक अन्य ८ स्थानीय तहले प्रतिष्पर्धामा भाग लिएका थिए ।

जिल्लामा रहेको कर्मचारीहरुको मेलमिला तथा मित्रवत सम्बन्ध बढाउने उदश्यले कार्यक्रम सञ्चानलन गरिएको प्यूठान नगरपालिका सहायक कप्तान माधब गिरीले जानकारी दिए । साथै यस्तो कार्यक्रम जिल्लामा यो भन्दा अघिका दिनमा नभएको भन्दै हाल भएको कार्यक्रम गौरवको कुरा भएको समेत उनले बताए । त्यस्तै उनले अहिले पूर्ण रुपमा व्यवस्थित हुन नसकेको जानकारी गराउँदै आगामी दिनमा अझ व्यवस्थित ढङ्गले कार्यक्रम सञ्चालन गर्ने पनि बताएका छन् ।

 

    विजेता गौमुखी गाउँपालिका

   उपविजेता सरुमारानी गाउँपालिका

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...