News Portal

रेडियो सुन्नुहोस्

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई नगरपालिकाद्वारा सम्मान

झुलेनीपोष्ट२०७९ फागुन२२, प्यूठान
६०० पटक
२०७९ फागुन२२, प्यूठान

प्यूठान नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल प्यूठान नगरपालिकाका खेलाडीहरुलाई प्रमाण पत्र र नगदले पुरस्कृत गरेको हो । खेलाडी टिमलाई नगद एक लाख भन्दा धेरै रकम सहित सम्मान गरिएको छ ।
कार्यक्रममा नगरपालिकाबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स अन्तर्गतका विविध विधामा सफल भएका सहित सहभागी खेलाडीलाई समेत सम्मान गरिएको प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्माले जानकारी दिए । खेलाडीहरुलाई खेल तर्फ उत्साहित गराउने उद्देश्यले फागुपूर्णिमा (होली) पर्व को अवसरमा नगरपालिकाले सम्मान गरेको उनले बताए ।गत फागुन १८ गतेदेखी सुरु भएको जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्यूठान नगरपालिकाले अन्य ८ वटा पालिकालाई पछि पार्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको थियो । नगरपालिकाले १४ स्वर्ण, ९ रजत र ५ कास्य प्राप्त गरेको थियो । प्रतियोगितामा प्यूठान नगरपालिकाबाट ७१ जना खेलाडी सहभागी भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...