News Portal

रेडियो सुन्नुहोस्

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई नगरपालिकाद्वारा सम्मान

झुलेनीपोष्ट२०७९ फागुन२२, प्यूठान
९०९ पटक
२०७९ फागुन२२, प्यूठान

प्यूठान नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल प्यूठान नगरपालिकाका खेलाडीहरुलाई प्रमाण पत्र र नगदले पुरस्कृत गरेको हो । खेलाडी टिमलाई नगद एक लाख भन्दा धेरै रकम सहित सम्मान गरिएको छ ।
कार्यक्रममा नगरपालिकाबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स अन्तर्गतका विविध विधामा सफल भएका सहित सहभागी खेलाडीलाई समेत सम्मान गरिएको प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्माले जानकारी दिए । खेलाडीहरुलाई खेल तर्फ उत्साहित गराउने उद्देश्यले फागुपूर्णिमा (होली) पर्व को अवसरमा नगरपालिकाले सम्मान गरेको उनले बताए ।गत फागुन १८ गतेदेखी सुरु भएको जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्यूठान नगरपालिकाले अन्य ८ वटा पालिकालाई पछि पार्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको थियो । नगरपालिकाले १४ स्वर्ण, ९ रजत र ५ कास्य प्राप्त गरेको थियो । प्रतियोगितामा प्यूठान नगरपालिकाबाट ७१ जना खेलाडी सहभागी भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...