News Portal

रेडियो सुन्नुहोस्

अवरुद्ध भालुवाङ प्यूठान सडक खण्ड २ घण्टाभित्रमा खुल्ने

झुलेनी नेटवर्क२०८० असार २५
७९२ पटक
२०८० असार २५

सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडक खुलाउने प्रयास भैरहेको छ । सोमवार विहानदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

एउटा एस्काभेटर सहित ३ वटा मेसीन लगाएर सडक खुलाउन काम गरिरहेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । ठूला ठूला ढुंगा सहितको पहिरो आएका कारण सडक खुलाउन समय लागेको हो । सडकको दुबै तर्फबाट मेसिनले काम गरिरहेको श्रेष्ठले बताए ।

मेसिनले काम गरी राखेकाले अवको दुई घण्टा भित्रमा अवरुद्ध सडक खुल्ने सडकको स्थलगत अवलोकन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी गराए । पहिरोका कारण माण्डवी गाउँपालिका १ स्थित गर्जेनीमा सडक अवरुद्ध भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...