News Portal

रेडियो सुन्नुहोस्

अवरुद्ध भालुवाङ प्यूठान सडक खण्ड २ घण्टाभित्रमा खुल्ने

झुलेनी नेटवर्क२०८० असार २५
७१४ पटक
२०८० असार २५

सडक माथिबाट आएको पहिरोले अवरुद्ध भएको प्यूठान भालुबाङ सडक खुलाउने प्रयास भैरहेको छ । सोमवार विहानदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

एउटा एस्काभेटर सहित ३ वटा मेसीन लगाएर सडक खुलाउन काम गरिरहेको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । ठूला ठूला ढुंगा सहितको पहिरो आएका कारण सडक खुलाउन समय लागेको हो । सडकको दुबै तर्फबाट मेसिनले काम गरिरहेको श्रेष्ठले बताए ।

मेसिनले काम गरी राखेकाले अवको दुई घण्टा भित्रमा अवरुद्ध सडक खुल्ने सडकको स्थलगत अवलोकन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी गराए । पहिरोका कारण माण्डवी गाउँपालिका १ स्थित गर्जेनीमा सडक अवरुद्ध भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...