News Portal

रेडियो सुन्नुहोस्

अखिल क्रान्तिकारीले क्रिकेट प्रतियोगिता गर्ने

सिखबर संवाददाता२०७५ कात्र्तिक ५
१६०८ पटक
२०७५ कात्र्तिक ५

प्यूठानः प्यूठानमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) प्यूठानले तत्कालिन जिल्ला कमिटि सदस्य महेश वि.क.को स्मृतिमा क्रिकेट प्रतियोगिता गर्ने जनाएको छ ।
सोमबार जुम्रीमा पत्रकार सम्मेलन गरी ‘दोश्रो महेश स्मृति खुल्ला क्रिकेट प्रतियोगिता २०७५’ गर्न लागेको जानकारी गराएको हो । ५० हजार विजेता पुरस्कार राशी रहेको क्रिकेट प्रतियोगिता रहेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सुमनराज श्रेष्ठले जानकारी दिए । ‘पछिल्लो समयमा यूवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगिता आयोजना गरेका हौँ’ श्रेष्ठले भने । उनका अनुसार उपविजेताले २० हजार पुरस्कार पाउने छन् । प्रतियोगिता कात्र्तिक १६ गते देखि खेलकुद मैदान विजुवारमा हुने आयोजकले जनाएको छ । संगठनले २०७३ सालमा स्व.महेश वि.क.को स्मृतिमा क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।
पछिल्लो समयमा क्रिकेट यूवापुस्ताको लोकप्रिय खेल बन्दै गएको छ । सुरुमा भलिवल लगायतका खेलहरु मात्रै प्रतियोगिताका रुपमा खेलिने प्यूठानमा पछिल्लो समयमा खलंगा, विजुवार, दिहाल्नाचौर, भिंग्री, बांगेशाल लगायतका स्थानमा प्रतियोगितात्मक रुपमा सञ्चालन हुने गर्दछ । जिल्लाका विभिन्न ठाउँमा क्रिकेट खेल प्रति मोह बढ्दै गएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...