News Portal

रेडियो सुन्नुहोस्

मुनडाडाँ–बर्बाेट–चुजाठाटी सडक मर्मत गर्न श्रमदान

झुलेनी नेटवर्क२०८० भदौ ३
१३९६ पटक
२०८० भदौ ३

मल्लरानी गाउँपालिका ३ मा स्थानीयको सहभागितामा जनश्रमदान गरिएको छ । शनिबार ३ नं वडाको मुनडाडाँ–बर्बाेट–चुजाठाटी सम्म जोड्ने मोटरबाटो मर्मत, नाली सफा तथा नाली बनाउने कार्य गरिएको हो ।

करिब ३ सय जना स्थानीयको सहभागितामा जनश्रमदान गरिएको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठ र वडा अध्यक्ष नोमराज पौडेल समेत जनता सँग जोडिएका थिए ।

आफ्नो गाउँ आफै बनाउ भन्ने भावका साथ उनीहरु श्रमदानमा खटिएको अध्यक्ष पौडेलले बताए । स्थानीय सँगै जनप्रतिनिधि श्रमदानमा लागि परेपछि स्थानीयलाई हौसला प्रदान भएको छ । बर्षाको समयमा वडाका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुने समस्या भएपछि स्थानीय श्रमदानमा जुटेका हुन् ।

जनश्रमदानमा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, पूर्व वडाध्यक्ष, वडा सदस्यहरु, शिक्षक, स्थानीय लगायतको सहभागि थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...