News Portal

रेडियो सुन्नुहोस्

मुनडाडाँ–बर्बाेट–चुजाठाटी सडक मर्मत गर्न श्रमदान

झुलेनी नेटवर्क२०८० भदौ ३
९०० पटक
२०८० भदौ ३

मल्लरानी गाउँपालिका ३ मा स्थानीयको सहभागितामा जनश्रमदान गरिएको छ । शनिबार ३ नं वडाको मुनडाडाँ–बर्बाेट–चुजाठाटी सम्म जोड्ने मोटरबाटो मर्मत, नाली सफा तथा नाली बनाउने कार्य गरिएको हो ।

करिब ३ सय जना स्थानीयको सहभागितामा जनश्रमदान गरिएको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठ र वडा अध्यक्ष नोमराज पौडेल समेत जनता सँग जोडिएका थिए ।

आफ्नो गाउँ आफै बनाउ भन्ने भावका साथ उनीहरु श्रमदानमा खटिएको अध्यक्ष पौडेलले बताए । स्थानीय सँगै जनप्रतिनिधि श्रमदानमा लागि परेपछि स्थानीयलाई हौसला प्रदान भएको छ । बर्षाको समयमा वडाका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुने समस्या भएपछि स्थानीय श्रमदानमा जुटेका हुन् ।

जनश्रमदानमा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, पूर्व वडाध्यक्ष, वडा सदस्यहरु, शिक्षक, स्थानीय लगायतको सहभागि थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...