रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो ।
सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएका छन् । स्थानीयका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीबाट रुस गएका थिए ।