News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारीको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण

झुलेनी नेटवर्क२०८० माघ २२
४१५ पटक
२०८० माघ २२

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठान ले २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा चौतारीले प्यूठान अस्पताल बिजुवारमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ भने रक्तदान कार्यक्रम पनि गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष बासुदेव गिरीले जानकारी दिए ।

सोमबार विहान जिल्ला अस्पताल बिजुवारमा उपचाररत ४१ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । त्यस्तै स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष एलबी थापा, सदस्य कमल बि.क, प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका निवर्तमान अध्यक्ष बिजयसिंह भारती र स्वंयमसेवक रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामा गरी ४ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माले स्थापना दिवसको अवसरमा बिरामीसँग सम्बन्धित रहेर स्थापना दिवस मनाउनु राम्रो कार्य भएको बताए । फलफूल वितरण गर्दै शर्माले बिरामीहरुको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चोतारी नेपालका केन्द्रीय सदस्य गिरुप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशिल पोख्रेल, प्रगतिशिल पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष प्रज्वल पहाडी, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव राम बहादुर विश्वकर्माले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...