News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जीप दुर्घटना,३ जना घाईते

बिबश जि.एम२०८० फागुन १७
५५३ पटक
२०८० फागुन १७

प्यूठानमा जीप दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन् । बिहिबार मध्यान्ह १२ बजेको समयमा झिमरुक गाउँपालिका ३ दारिमचौरबाट मल्लरानी गाउँपालिका १ चुँदरीखोला तर्फ जाँदै गरेको भे १ च २५७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार जीपको ब्रेक फेल भई सडक देखि ६ मिटर तल खसेको छ ।

दुर्घटनामा परि झिमरुक गाउँपालिका ३ दारिमचौरका २५ बर्षिया विन्दु जि.सी, सोही ठाउँकी ३० बर्षिया उजेला खड्का र चालक झिमरुक गाउँपालिका २ बादिकोटका २२ बर्षिय सुनिल एम.सी रहेका छन् । घाईतेहरुको उपचार जिल्ला अस्पताल बिजुवारमा भईरहेको छ । जीपमा चालक सहित ३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

फोटो : हेलो प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...