News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जीप दुर्घटना,३ जना घाईते

बिबश जि.एम२०८० फागुन १७
२९३ पटक
२०८० फागुन १७

प्यूठानमा जीप दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन् । बिहिबार मध्यान्ह १२ बजेको समयमा झिमरुक गाउँपालिका ३ दारिमचौरबाट मल्लरानी गाउँपालिका १ चुँदरीखोला तर्फ जाँदै गरेको भे १ च २५७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार जीपको ब्रेक फेल भई सडक देखि ६ मिटर तल खसेको छ ।

दुर्घटनामा परि झिमरुक गाउँपालिका ३ दारिमचौरका २५ बर्षिया विन्दु जि.सी, सोही ठाउँकी ३० बर्षिया उजेला खड्का र चालक झिमरुक गाउँपालिका २ बादिकोटका २२ बर्षिय सुनिल एम.सी रहेका छन् । घाईतेहरुको उपचार जिल्ला अस्पताल बिजुवारमा भईरहेको छ । जीपमा चालक सहित ३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

फोटो : हेलो प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...