News Portal

रेडियो सुन्नुहोस्

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

बिबश जि.एम२०८० फागुन १९
४५८ पटक
२०८० फागुन १९

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ । लायन्स क्लब अफ प्यूठान, लायन्स क्लब अफ भित्रिकोट प्यूठानको मुख्य आयोजना तथा लायन्स क्लब अफ धर्मावती र लायन्स क्लब अफ स्वर्गद्धारीको सहआयोजनामा होटल व्यवसायी संघ प्यूठानको सभाहलमा शनिबारबाट तालिम सुरु भएको छ ।

लायन्स इन्टरनेश्नल डिस्ट्रीक ३२५ N का गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुकुट ढकालले लायन्स क्लब अफ प्यूठानले गरेको कामको खुलेर प्रशंसा गरेका छन् । गभर्नर ढकालले लायन्स क्लब राजनीतिक, कुनै धर्म तथा लिङ्गको रुपमा नरहेको बताउँदै केबल सेवाको रुपमा परिचित भएको पनि बताए । साथै लायन्स क्लब अफ प्यूठानले प्यूठान अस्पतालमा आवश्यक डाएलासिसको लागि पठाएको प्रोजेक्ट स्वीकृत भई बजेट स्वीकृत भएर अगाडी बढिसकेको समेत जानकारी गराए ।

त्यस्तै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीले डायलासिसको लागि आर्थिकमा कुनै समस्या भएका त्यसको लागि सहजिकरण गर्ने भन्दै जिल्ला अस्पतालको लागि डायलासिसको काम सकेसम्म चाडै व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माको अध्यक्षतामा सुरु भएको तालिमको प्रशिक्षकमा रुपेश्वर गौरदास रहेका छन् । ७० बढि सहभागिहरुको तालिम शनिबार र आइतबार चल्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...