News Portal

रेडियो सुन्नुहोस्

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

बिबश जि.एम२०८० फागुन १९
५५९ पटक
२०८० फागुन १९

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ । लायन्स क्लब अफ प्यूठान, लायन्स क्लब अफ भित्रिकोट प्यूठानको मुख्य आयोजना तथा लायन्स क्लब अफ धर्मावती र लायन्स क्लब अफ स्वर्गद्धारीको सहआयोजनामा होटल व्यवसायी संघ प्यूठानको सभाहलमा शनिबारबाट तालिम सुरु भएको छ ।

लायन्स इन्टरनेश्नल डिस्ट्रीक ३२५ N का गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुकुट ढकालले लायन्स क्लब अफ प्यूठानले गरेको कामको खुलेर प्रशंसा गरेका छन् । गभर्नर ढकालले लायन्स क्लब राजनीतिक, कुनै धर्म तथा लिङ्गको रुपमा नरहेको बताउँदै केबल सेवाको रुपमा परिचित भएको पनि बताए । साथै लायन्स क्लब अफ प्यूठानले प्यूठान अस्पतालमा आवश्यक डाएलासिसको लागि पठाएको प्रोजेक्ट स्वीकृत भई बजेट स्वीकृत भएर अगाडी बढिसकेको समेत जानकारी गराए ।

त्यस्तै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सीले डायलासिसको लागि आर्थिकमा कुनै समस्या भएका त्यसको लागि सहजिकरण गर्ने भन्दै जिल्ला अस्पतालको लागि डायलासिसको काम सकेसम्म चाडै व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माको अध्यक्षतामा सुरु भएको तालिमको प्रशिक्षकमा रुपेश्वर गौरदास रहेका छन् । ७० बढि सहभागिहरुको तालिम शनिबार र आइतबार चल्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...