News Portal

रेडियो सुन्नुहोस्

अखिल नेपाल महिला संघ प्यूठानको छैठौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै

झुलेनी नेटवर्क२०८० फागुन २२
१०२९ पटक
२०८० फागुन २२

अखिल नेपाल महिला संघ प्यूठानको छैठौं जिल्ला सम्मेलन शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा सप्पन्न भएको छ । अखिल नेपाल महिला संघका केन्द्रीय सचिब बिना ज्ञवालीले हर घरमा अनेम संघ, घर घरमा अनेम संघको अभियानमा लाग्न आग्रह गर्नुभएको छ । नेकपा(एमाले) को प्रमुख पिलरको रुपमा अनेम संघले काम गर्दै आएको भन्दै सिङ्गो एमालेलाई थाम्ने पिलरको रुपमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख अतिथि ज्ञवालीले अखिल नेपाल महिला संघले गरेको आन्दोलनका कारण अहिले ३३ प्रतिशत अधिकार प्राप्त भएको बताउनुभयो । अहिले ५० प्रतिशत सहभागिताको माग गर्दै गर्दा महिलाको सहभागितालाई समेत बढाउदै लैजानुपर्ने बताउनुभयो ।

उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिदै नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमालेले सबै प्रकारको बिभेद अन्त्य गर्दै समान सहभागितामा जोड दिएको बताउनुभयो ।“पितृसत्ताको अवशेष बाकी छ । त्यसलाई तोड्दै जानुपर्छ,“ चौधरीले भन्नुभयो । उहाले नेतृत्व निर्माण, बैचारिक क्षमता बिकास, महिलाको पक्षमा वकालत, संस्थागत बिकासमा अखिल नेपाल महिला संघले गरेको कार्य महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले राजनीतिक परिवर्तनपछिको अहिलेको परिस्थितिमा नयाँ तरिकाले चुनौती पार गर्दै जानुपर्ने अवस्था रहेको बताउनुभयो । प्रबिधिको समय भएकाले सोही अनुसार चल्नुपर्ने उहाँको भनाई छ । संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गराउन समेत भूमिका खेल्न आवश्यक रहेको बताउँदै अध्यक्ष बिष्टले योग्य सक्षम महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

पुर्व अध्यक्ष शान्ता आचार्य र संस्थापक अध्यक्ष नारायणी ज्ञवालीले जिल्लामा अखिल नेपाल महिला संघ स्थापनाको अवस्था देखि अहिलेसम्म आईपुग्दा संगठन बलियो बनेको अनुभुती भएको बताउनुभयो ।

सम्मेलनमा संस्थापक अध्यक्ष नारायणी रेग्मी सहित पुर्व अध्यक्ष शान्ता आचार्य, गोमा रेग्मी, धना कार्की, कमला रिजाललाई सम्मान गरिएको छ । जिल्ला अध्यक्ष भगवती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नारायणी अधिकारी र संचालन गोमा भट्टराईले गरेका थिए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...