News Portal

रेडियो सुन्नुहोस्

अखिल नेपाल महिला संघ प्यूठानको छैठौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै

झुलेनी नेटवर्क२०८० फागुन २२
१११७ पटक
२०८० फागुन २२

अखिल नेपाल महिला संघ प्यूठानको छैठौं जिल्ला सम्मेलन शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन बिजुवारमा सप्पन्न भएको छ । अखिल नेपाल महिला संघका केन्द्रीय सचिब बिना ज्ञवालीले हर घरमा अनेम संघ, घर घरमा अनेम संघको अभियानमा लाग्न आग्रह गर्नुभएको छ । नेकपा(एमाले) को प्रमुख पिलरको रुपमा अनेम संघले काम गर्दै आएको भन्दै सिङ्गो एमालेलाई थाम्ने पिलरको रुपमा निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख अतिथि ज्ञवालीले अखिल नेपाल महिला संघले गरेको आन्दोलनका कारण अहिले ३३ प्रतिशत अधिकार प्राप्त भएको बताउनुभयो । अहिले ५० प्रतिशत सहभागिताको माग गर्दै गर्दा महिलाको सहभागितालाई समेत बढाउदै लैजानुपर्ने बताउनुभयो ।

उद्घाटन शत्रमा शुभकामना मन्तव्य दिदै नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमालेले सबै प्रकारको बिभेद अन्त्य गर्दै समान सहभागितामा जोड दिएको बताउनुभयो ।“पितृसत्ताको अवशेष बाकी छ । त्यसलाई तोड्दै जानुपर्छ,“ चौधरीले भन्नुभयो । उहाले नेतृत्व निर्माण, बैचारिक क्षमता बिकास, महिलाको पक्षमा वकालत, संस्थागत बिकासमा अखिल नेपाल महिला संघले गरेको कार्य महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले राजनीतिक परिवर्तनपछिको अहिलेको परिस्थितिमा नयाँ तरिकाले चुनौती पार गर्दै जानुपर्ने अवस्था रहेको बताउनुभयो । प्रबिधिको समय भएकाले सोही अनुसार चल्नुपर्ने उहाँको भनाई छ । संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गराउन समेत भूमिका खेल्न आवश्यक रहेको बताउँदै अध्यक्ष बिष्टले योग्य सक्षम महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

पुर्व अध्यक्ष शान्ता आचार्य र संस्थापक अध्यक्ष नारायणी ज्ञवालीले जिल्लामा अखिल नेपाल महिला संघ स्थापनाको अवस्था देखि अहिलेसम्म आईपुग्दा संगठन बलियो बनेको अनुभुती भएको बताउनुभयो ।

सम्मेलनमा संस्थापक अध्यक्ष नारायणी रेग्मी सहित पुर्व अध्यक्ष शान्ता आचार्य, गोमा रेग्मी, धना कार्की, कमला रिजाललाई सम्मान गरिएको छ । जिल्ला अध्यक्ष भगवती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नारायणी अधिकारी र संचालन गोमा भट्टराईले गरेका थिए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...