News Portal

रेडियो सुन्नुहोस्

११४ औं अन्तराष्ट्रिय महिला दिवश प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

झुलेनी नेटवर्क२०८० फागुन २५
२८१ पटक
२०८० फागुन २५

११४ औं अन्तराष्ट्रिय महिला दिवश प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी”  भन्ने मुख्य नारासहित प्यूठानका विभिन्न स्थानमा महिलाको हक अधिकार सुनिश्चित गर्न महिला दिवस मनाईएको हो ।

माण्डवी गाउँपालिका ३ नयाँगाउँका वडाध्यक्ष धनेन्द्र कार्कीले कार्यक्रममा आफ्नो सेवा सुविधाबाट प्राप्त रकमले वडाका ९ वटा आमा समुहलाई प्रेसर कुकर, ९ जना स्वयमसेविका र वडामा महिला उत्थान तथा शसक्तिकरणमा योगदान पुर्‍याएका ६ जना महिलाहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।

प्यूठान नगरपालिका ३ बिजयनगरले सो अवसरमा कुर्सि दौड, चम्चा दौड, घैटाफोर प्रतियोगिता कार्यक्रम गरेको थियो । कार्यक्रममा विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै मल्लरानी गाउपालिका ३ ले पनि बिबिध कार्यक्रम गर्दै ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिला अधिकार विषयक लोकगित तथा नृत्य प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता, र घैटा फोर प्रतियोगिता आयोजना गरेको हो । विजेताले पुरस्कार क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय प्राप्त गरेका छन् । यस्तै कुर्सी दौड प्रतियोगितामा प्रथम र द्धितिय हुनेले पुरस्कार क्रमश १ हजार ५ सय र १ हजार र घैटाफोर प्रतियोगितामा पुरस्कार १ हजार प्राप्त गरेका छन् ।

साथै जिल्लाका ६४ वटै वडा तथा पालिकाले महिलाहरुको लागि विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...