News Portal

रेडियो सुन्नुहोस्

११४ औं अन्तराष्ट्रिय महिला दिवश प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

झुलेनी नेटवर्क२०८० फागुन २५
५५८ पटक
२०८० फागुन २५

११४ औं अन्तराष्ट्रिय महिला दिवश प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी”  भन्ने मुख्य नारासहित प्यूठानका विभिन्न स्थानमा महिलाको हक अधिकार सुनिश्चित गर्न महिला दिवस मनाईएको हो ।

माण्डवी गाउँपालिका ३ नयाँगाउँका वडाध्यक्ष धनेन्द्र कार्कीले कार्यक्रममा आफ्नो सेवा सुविधाबाट प्राप्त रकमले वडाका ९ वटा आमा समुहलाई प्रेसर कुकर, ९ जना स्वयमसेविका र वडामा महिला उत्थान तथा शसक्तिकरणमा योगदान पुर्‍याएका ६ जना महिलाहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।

प्यूठान नगरपालिका ३ बिजयनगरले सो अवसरमा कुर्सि दौड, चम्चा दौड, घैटाफोर प्रतियोगिता कार्यक्रम गरेको थियो । कार्यक्रममा विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै मल्लरानी गाउपालिका ३ ले पनि बिबिध कार्यक्रम गर्दै ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । महिला अधिकार विषयक लोकगित तथा नृत्य प्रतियोगिता, कुर्सी दौड प्रतियोगिता, र घैटा फोर प्रतियोगिता आयोजना गरेको हो । विजेताले पुरस्कार क्रमश २ हजार ५ सय, २ हजार, १ हजार ५ सय प्राप्त गरेका छन् । यस्तै कुर्सी दौड प्रतियोगितामा प्रथम र द्धितिय हुनेले पुरस्कार क्रमश १ हजार ५ सय र १ हजार र घैटाफोर प्रतियोगितामा पुरस्कार १ हजार प्राप्त गरेका छन् ।

साथै जिल्लाका ६४ वटै वडा तथा पालिकाले महिलाहरुको लागि विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...