News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

बिबश जि.एम२०८० चैत १४
७४५ पटक
२०८० चैत १४

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम सञ्चालन भएको छ । प्यूठान नगरपालिका ३ र ५ मा रहेका समितिका पदाधिकारीहरुलाई प्रशासन, वित्तीय व्यवस्थापन र नेतृत्व विकास सम्बन्धी तालिम होटल आयुष्मा जुम्रीमा बुधबारदेखि सुरु भएको छ ।

प्यूठान नगरपालिका ३ मा रहेको जिबावती सामुदायिक विपद व्यवस्थापन समिति, लालिगुँरास सामुदायिक विपद व्यवस्थापन र वडा नं ५ मा रहेको नेपाने सामुदायिक विपद व्यवस्थापन समिति, लिस्ने सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि तालिम सञ्चालन गरिएको हो । प्रत्येक समुहबाट ६/६ जना गरी २४ जनालाई बुधबार र विहिबार गरी २ दिने तालिम सञ्चालन गरिने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानले जनाएको छ ।

तालिममा संस्था सञ्चालन कसरी गर्ने, संस्था सञ्चालनको गठन प्रक्रिया के हो, पुर्नगठन कसरी गर्ने, माइनट लेखन र व्यवस्थापन, निवेदन लेखन, विभिन्न सरोकारवालाहरुसँग कसरी समन्वय गर्ने लगायतका विषयमा जानकारी गराईने नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलियाले बताए ।

नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य रेडक्रस प्यूठानका उपमन्त्री पार्वता आचार्य तथा कार्यक्रमको सहजिकरण देविराम शर्माले गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजनामा भएको कार्यक्रमको समन्वय प्यूठान नगरपालिका रहेको छ । २ दिन सम्म चल्ने तालिमको प्रशिक्षक नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलिया र देविराम शर्माले गर्ने भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...