News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा दुर्घटना, १ जनाको अवस्था गम्भिर

झुलेनी नेटवर्क२०८० चैत २८
३४३ पटक
२०८० चैत २८

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा १ जना गम्भिर घाइते भएका छन् । बुधबार मध्यान्ह १२ बजेको समयमा प्यूठान नगरपालिका –७ गाजुरी मा मोटरसाईकल दुर्घटना भएको हो ।

बिजुवारबाट बाग्दुला तर्फ जाँदै गरेको ल. ६९ प. ६५६३, लु .२३ प. १९५१ र बिपरीत दिशाबाट आउँदै गरेको ग. १८ प. ७२०९ नं .को मोटरसाईकल एकआपसमा ठोकिएको हो । प्यूठान नगरपालिका –७ पुन्यखोला बस्ने २१ बर्षका बब्लु नेपालीको बाँया खुट्टा र टाउँकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको र जिल्ला अस्पताल बिजुवारमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

अन्य ३ जनाको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ । घाइतेहरुमा गौमुखी गाउँपालिका ३ का वडाध्यक्ष ६० बर्षका जंग बहादुर पुन, प्यूठान नगरपालिका ३ साढेखोलाका २५ बर्षिय आकाश के.एम, सोही ठाउँका २८ बर्षिय श्रषि धामी रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...