News Portal

रेडियो सुन्नुहोस्

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

झुलेनी नेटवर्क२०८१ बैशाख २५
४७३ पटक
२०८१ बैशाख २५

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । सोमबार प्यूठान नगरपालिका १० को तालरह सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा २ जना पक्राउ परेको बन डिभिजन कार्यालय प्यूठानका सहायक बन अधिकृत हरी पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा गौमुखी गाउँपालिकाका २ जना रहेका छन् ।

आगलागीमा संलग्न भएको आरोपमा यस अघि ६ जना पक्राउ परेका थिए । पौडेलका अनुसार पक्राउ पर्नेमा सरुमारानी ४ बाट १ जना, प्यूठान नगरपालिका ४ बाट १ जना र ऐरावती ५ बाट १ जनालाई पक्राउगरि मुद्धा दर्ता गरीएको छ । यस्तै प्यूठान नगरपालिका १० बाट १ जना, र प्यूठान नगरपालिका ९ बाट २ जना छन् ।

आगो लगाउने व्यक्तिको थप खोजी कार्यलाई तीव्र पारिएको पौडेलको भनाई छ । हालसम्म १ सय १० सामुदायिक वनमा लागेको आगो १२ हजार हेक्टर क्षेत्रफलमा फैलिएको डिभिजन वन कार्यालय प्यूठानले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई कानुनी प्रक्रियामा लगी मुद्धा चलाउने र दण्ड सजायको पनि जरिवाना गराईने कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...