News Portal

रेडियो सुन्नुहोस्

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

झुलेनी नेटवर्क२०८१ बैशाख २५
७०५ पटक
२०८१ बैशाख २५

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ । सोमबार प्यूठान नगरपालिका १० को तालरह सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा २ जना पक्राउ परेको बन डिभिजन कार्यालय प्यूठानका सहायक बन अधिकृत हरी पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा गौमुखी गाउँपालिकाका २ जना रहेका छन् ।

आगलागीमा संलग्न भएको आरोपमा यस अघि ६ जना पक्राउ परेका थिए । पौडेलका अनुसार पक्राउ पर्नेमा सरुमारानी ४ बाट १ जना, प्यूठान नगरपालिका ४ बाट १ जना र ऐरावती ५ बाट १ जनालाई पक्राउगरि मुद्धा दर्ता गरीएको छ । यस्तै प्यूठान नगरपालिका १० बाट १ जना, र प्यूठान नगरपालिका ९ बाट २ जना छन् ।

आगो लगाउने व्यक्तिको थप खोजी कार्यलाई तीव्र पारिएको पौडेलको भनाई छ । हालसम्म १ सय १० सामुदायिक वनमा लागेको आगो १२ हजार हेक्टर क्षेत्रफलमा फैलिएको डिभिजन वन कार्यालय प्यूठानले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई कानुनी प्रक्रियामा लगी मुद्धा चलाउने र दण्ड सजायको पनि जरिवाना गराईने कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...