News Portal

रेडियो सुन्नुहोस्

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

झुलेनी नेटवर्क२०८१ जेष्ठ २
५७५ पटक
२०८१ जेष्ठ २

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा युवा संघ प्यूठानले रक्तदान र आर्थिक सहयोग गरेको छ । संघले मंगलबार रक्त सञ्चार केन्द्र बिजुवारमा रक्तदान कार्यक्रम गरेको हो ।

साथै संघले जिल्ला अस्पताल बिजुवारमा उपचाररत रहेका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरेर स्थापना दिवस मनाएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिशेक थापाले जानकारी दिए । उनका अनुसार ऐरावती गाउँपालिका–६ विजुलीकोटका १४ महिने शिशु सीता अधिकारीलाई नगद १० हजार र झिमरुक गाउँपालिका–३ आहालखोला बस्ने ६१ वर्षीय फुर्सी सुनारलाई नगद ५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिशेक थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टको प्रमुख आतिथ्यता रहेको थियो भने युवा संघका स्थायी कमिटी सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज पिमबहादुर पुनमगरको विशेष आतिथ्यता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...