News Portal

रेडियो सुन्नुहोस्

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

झुलेनी नेटवर्क२०८१ जेष्ठ २
७७२ पटक
२०८१ जेष्ठ २

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा युवा संघ प्यूठानले रक्तदान र आर्थिक सहयोग गरेको छ । संघले मंगलबार रक्त सञ्चार केन्द्र बिजुवारमा रक्तदान कार्यक्रम गरेको हो ।

साथै संघले जिल्ला अस्पताल बिजुवारमा उपचाररत रहेका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरेर स्थापना दिवस मनाएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिशेक थापाले जानकारी दिए । उनका अनुसार ऐरावती गाउँपालिका–६ विजुलीकोटका १४ महिने शिशु सीता अधिकारीलाई नगद १० हजार र झिमरुक गाउँपालिका–३ आहालखोला बस्ने ६१ वर्षीय फुर्सी सुनारलाई नगद ५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिशेक थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टको प्रमुख आतिथ्यता रहेको थियो भने युवा संघका स्थायी कमिटी सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज पिमबहादुर पुनमगरको विशेष आतिथ्यता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...